महेन्द्रनगरमा चोर गिरोह सक्रिय, प्रहरी निस्क्रय, दिनहुँ लाखौँका सामान चोरी

महेन्द्रनगर १४ साउन । 

कञ्चनपुरको महेन्द्रनगरमा दिनहुँ चोरीका घटना बढ्दै गएका छन् । जिल्लाकों सदरमुकान रहेकै क्षेत्रमा चोरहरु सक्रिय भएका छन् ।

सोमबार राति महेन्द्रनगर बसपार्क क्षेत्रका दुई पसलमा चोरीको प्रयास भएकोमा मंगलबार राति भीमदत्त नगरपालिका ५ बनखेतको एक किराना पसलमा चोरी भएको छ ।

स्थानीय राजेन्द्र विष्टको पवित्रा मार्माली लटिनाथ किराना पसलमा नगदसहित लाखौँ मुल्य बराबरको समान चोरी भएको छ । किराना पसल सञ्चालक विष्टले राति सटरको ताला तोडेर पसल चोरी भएको बताए ।

उनका अनुसार एक लाख ६० हजार नगर, सुनको सिक्री, र ५० हजार मुल्य बराबरको चुरोट र ३० हजार मुल्य बराबरको रिचार्ज कार्ड  चोरी भएको हो । कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापा क्षेत्रीले पछिल्लो समय चोरीका घटना बढेको बताए ।

उनले युवा बेरोजगारी बढेकाले अपराधिक घटना बढेको दावि गरे । स्थानीयले भने पछिल्ला समयमा प्रहरी निकृय भएकाले अपराधिक गतिविधि बढेको आरोप लगाएका छन् ।

कञ्चनपुरका प्रहरी प्रमुख मुकुन्द मरासैनीले भने प्रहरी सुरक्षा व्यवस्था कडा पारिएको दावि गरे । उनले चोरी लगायत अपराधिक घटना बढ्न थालेपछि प्रहरी गस्ती बढाएको बताए । फाइल फोटो

 

 

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?