महेन्द्रनगरमा चोर गिरोह सक्रिय, प्रहरी निस्क्रय, दिनहुँ लाखौँका सामान चोरी

महेन्द्रनगर १४ साउन । 

कञ्चनपुरको महेन्द्रनगरमा दिनहुँ चोरीका घटना बढ्दै गएका छन् । जिल्लाकों सदरमुकान रहेकै क्षेत्रमा चोरहरु सक्रिय भएका छन् ।

सोमबार राति महेन्द्रनगर बसपार्क क्षेत्रका दुई पसलमा चोरीको प्रयास भएकोमा मंगलबार राति भीमदत्त नगरपालिका ५ बनखेतको एक किराना पसलमा चोरी भएको छ ।

स्थानीय राजेन्द्र विष्टको पवित्रा मार्माली लटिनाथ किराना पसलमा नगदसहित लाखौँ मुल्य बराबरको समान चोरी भएको छ । किराना पसल सञ्चालक विष्टले राति सटरको ताला तोडेर पसल चोरी भएको बताए ।

उनका अनुसार एक लाख ६० हजार नगर, सुनको सिक्री, र ५० हजार मुल्य बराबरको चुरोट र ३० हजार मुल्य बराबरको रिचार्ज कार्ड  चोरी भएको हो । कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापा क्षेत्रीले पछिल्लो समय चोरीका घटना बढेको बताए ।

उनले युवा बेरोजगारी बढेकाले अपराधिक घटना बढेको दावि गरे । स्थानीयले भने पछिल्ला समयमा प्रहरी निकृय भएकाले अपराधिक गतिविधि बढेको आरोप लगाएका छन् ।

कञ्चनपुरका प्रहरी प्रमुख मुकुन्द मरासैनीले भने प्रहरी सुरक्षा व्यवस्था कडा पारिएको दावि गरे । उनले चोरी लगायत अपराधिक घटना बढ्न थालेपछि प्रहरी गस्ती बढाएको बताए । फाइल फोटो

 

 

ताजा खबर

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

गुगुल्डि वाङमणी प्रतिष्ठानद्धारा पत्रकार केसीलाई सम्मान

धन सिह धामी,२५ असार । कञ्चनपुरका युवा पत्रकार भाष्कर केसीलाई...

एमालेका मेयर धामीका छोरा र कृषि शाखा प्रमुखले जिउँदै मान्छे मरेको भन्दै फर्जी कागजात बनाए

उपेश सिंह धामी कञ्चनपुर, असार २५ भ्रष्टाचार गर्न मान्छे कतिसम्म गर्दा...

खुला भलिबल प्रतियोगिता शुरु

 सञ्जय महर, असार २५ कञ्चनपुरको महेन्द्रनगरमा खुला पुरुष भलिबल...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?