निड्स नेपालद्धारा कृष्णपुर नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्त्रण

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई निड्स नेपालले स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ ।

क्वारेन्टिन र आइसोलेसनमा रहेकाहरुको स्वास्थ्य सुरक्षाका लागि युनिसेफ, फुसिन र छायाँ नेपालसंगको साझेदारीमा निड्स नेपालले सोमबार नगरप्रमुख कर्ण बहादुर हमाललाई स्वास्थ्य तथा सुरक्षा सामाग्री हस्तान्तरण गरेको हो ।

संस्थाले सर्जिकल मास्क ७ सय थान, सेनिटाइजर १ सय बोतल, पीपीई सेट १५ थान, सर्जिकल ग्लब्स २ सय जोडा, ह्याण्डवास लिक्कुइड १ सय बोतल, हार्पिक र ब्रस २०/२० थान हस्तान्त्रण गरेको छ ।

यस्तै व्याड सिट १ सय थान, झुल सिङ्गल वेड १ सय थान, विद्युतीय पानी तताउने जग ३ थान, सेनिटरी प्याड ५० प्याकेट, महिलाको इनर वेयर ५० थान, व्लिचिङ पाउडर ५० किलो, हाइजिन कीट ३० थान, बाल्टीन र जग ३०/३० थान हस्तान्त्रण गरिएको निड्स नेपालका सह–कार्यकारी निर्देशक प्रकाश चन्द्र मडैले बताए ।

यस्तै नगरप्रमुख हमालले संस्थाले संकटको घडीमा गरेको सहयोग सराहनीय रहेको बताए ।

ताजा खबर

लटिनाथ मावि दार्चुलाका विद्यार्थी माल कञ्चनपुरमा छाडा बिरामी पशुको उपचार गर्दैै

कञ्चनपुर, साउन १४ दूरपश्चिम प्रदेशको पहाडी जिल्ला दार्चुलाका एक विद्यार्थी...

नेपाल आमाको मूर्ति बनाउन दानेश्वर हरी बहुमुखी क्याम्पसद्वारा आर्थिक सहयोग

कञ्चनपुर, १३ साउन । कञ्चनपुरकोे एक क्याम्पसले जिल्लाको उत्तरी भेग...

सुपवि स्ववियु स्थगित प्रकरण ः क्रान्तिकारीविच कुटाकुट ः पाटीले ग¥यो, क्रान्तिकारी नेता विष्टलाई कार्बाही

कञ्चनपुर, १२ साउन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस निर्वाचनको विषयलाई लिएर...

काँग्रेस नेता साउदले मागे, निर्मला हत्यारामाथि कार्बाही

कञ्चनपुर, साउन ११ नेपाली काँग्रेस नेता एनपी साउदले निर्मलाका हत्यारामाथि...

माओवादी निकट महिला संगठनको प्रशन, गृहमन्त्री ज्यु निर्मलाका हत्यारा सार्वजनिक कहिले हुन्छन ?

माओवादी निकट महिला संगठनको प्रश्न, गृहमन्त्री ज्यु निर्मलाका हत्यारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?