निड्स नेपालद्धारा कृष्णपुर नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्त्रण

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकालाई निड्स नेपालले स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ ।

क्वारेन्टिन र आइसोलेसनमा रहेकाहरुको स्वास्थ्य सुरक्षाका लागि युनिसेफ, फुसिन र छायाँ नेपालसंगको साझेदारीमा निड्स नेपालले सोमबार नगरप्रमुख कर्ण बहादुर हमाललाई स्वास्थ्य तथा सुरक्षा सामाग्री हस्तान्तरण गरेको हो ।

संस्थाले सर्जिकल मास्क ७ सय थान, सेनिटाइजर १ सय बोतल, पीपीई सेट १५ थान, सर्जिकल ग्लब्स २ सय जोडा, ह्याण्डवास लिक्कुइड १ सय बोतल, हार्पिक र ब्रस २०/२० थान हस्तान्त्रण गरेको छ ।

यस्तै व्याड सिट १ सय थान, झुल सिङ्गल वेड १ सय थान, विद्युतीय पानी तताउने जग ३ थान, सेनिटरी प्याड ५० प्याकेट, महिलाको इनर वेयर ५० थान, व्लिचिङ पाउडर ५० किलो, हाइजिन कीट ३० थान, बाल्टीन र जग ३०/३० थान हस्तान्त्रण गरिएको निड्स नेपालका सह–कार्यकारी निर्देशक प्रकाश चन्द्र मडैले बताए ।

यस्तै नगरप्रमुख हमालले संस्थाले संकटको घडीमा गरेको सहयोग सराहनीय रहेको बताए ।

ताजा खबर

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहबाट २४८९ विद्यार्थी दीक्षित हुँदै

कञ्चनपुर ११ असार सुदूरपश्चिम विश्वविद्यालयले आफ्नो छैटौँ दीक्षान्त समारोह शुक्रबार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?