अविरल वर्षाले सीमास्तम्भ ढल्यो

महेन्द्रनगर । लगातारको अविरल वर्षाका कारण कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाडास्थित नेपाल–भारत सीमा स्तम्भ ढलेको छ ।

मंगलबार १२ बजेतिर बैजुडाडास्थित नेपाल–भारत २०७ नम्बर पिल्लर ढलेको बेलौरी बोर्डर आउट पोष्टका प्रमुख प्रहरी नायव उपरिक्षक गंगादत्त पन्तले बताए ।

उनकाअनुसार सीमास्तम्भ नजिकै उम्रिएको सिमलको रुखका कारण वर्षौदेखि सो स्तम्भ बांगिएको अवस्थामा थियो । बुधबार बिहानैदेखि परेको पानीका कारण स्तम्भ ढलेको छ ।

डिएसपी पन्तले भने ‘जिर्ण रहेको उत्त पिल्लर लगातार वर्षा हुदाँ ढलेको हो ।’ फिल्डमा देखिएको उत्त पिल्लर नापी विभागको रेकर्डमा भने नरहेको उनले बताए ।

ढलेको २०७ नम्बर पिल्लर मर्मतका लागि माथी रिपोर्ट गरिएको डिएसपी पन्तले बताए । उनले भने ‘सीमा पिल्लर मर्मत एक पक्षले मात्र गर्न पाउदैन,दुबै पक्षले गर्नु पर्छ । उनले थपे ‘त्यसका लागि हामीले माथी रिपोर्ट गरेका छौ । भारतिय पक्षलेपनि गर्यो होला ।’

लामो समयदेखि सीमास्तम्भ बाँगिएर जिर्ण हुँदासमेत सम्बन्धित निकायको वेवास्ताका कारण सीमास्तम्भ ढलेको स्थानियले बताए ।

उनिहरुकाअनुसार कञ्चनपुरको दक्षिणी क्षेत्रमा भारतीय पक्षले कैयौं स्थानमा सीमास्तम्भ गायव पार्ने र नक्कली स्तम्भ गाडेर सीमा अतिक्रमण गर्दै आएकोे छ ।

फोटो सौजन्यः पल्लब राज भट्ट

ताजा खबर

भीमदत्तको विकास र सुशासनमा युवा समाजसेवी ऐरीको निरन्तर खबरदारी

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का युवा समाजसेवी दीपेन्द्र सिंह ऐरी...

महिला सशक्तीकरण केन्द्रमार्फत समुदायका समस्या समाधानका लागि सरोकारवालासँग पैरवी बैठक

कञ्चनपुर, १४ भदौ । समुदायमा रहेका समस्या पहिचान तथा समाधानका...

बाढी प्रभावितका लागि उदयदेव बहुउद्देश्यीय सहकारीद्वारा २ लाख ११ हजार सहयोग

महेन्द्रनगर । रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा आएको...

जन्मदिनको अवसरमा कलौनी दाजुभाईको बाढी पिडितलाई आर्थिक सहयोग

कञ्चनपुर -बाढीपीडितका लागि ३६ हजार ५ सय ५५ कञ्चनपुर...

भोटेकोशी बाढीपीडितका लागि चिया कफी दरबारको रु. ५१ हजार सहयोग

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?