अविरल वर्षाले सीमास्तम्भ ढल्यो

महेन्द्रनगर । लगातारको अविरल वर्षाका कारण कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाडास्थित नेपाल–भारत सीमा स्तम्भ ढलेको छ ।

मंगलबार १२ बजेतिर बैजुडाडास्थित नेपाल–भारत २०७ नम्बर पिल्लर ढलेको बेलौरी बोर्डर आउट पोष्टका प्रमुख प्रहरी नायव उपरिक्षक गंगादत्त पन्तले बताए ।

उनकाअनुसार सीमास्तम्भ नजिकै उम्रिएको सिमलको रुखका कारण वर्षौदेखि सो स्तम्भ बांगिएको अवस्थामा थियो । बुधबार बिहानैदेखि परेको पानीका कारण स्तम्भ ढलेको छ ।

डिएसपी पन्तले भने ‘जिर्ण रहेको उत्त पिल्लर लगातार वर्षा हुदाँ ढलेको हो ।’ फिल्डमा देखिएको उत्त पिल्लर नापी विभागको रेकर्डमा भने नरहेको उनले बताए ।

ढलेको २०७ नम्बर पिल्लर मर्मतका लागि माथी रिपोर्ट गरिएको डिएसपी पन्तले बताए । उनले भने ‘सीमा पिल्लर मर्मत एक पक्षले मात्र गर्न पाउदैन,दुबै पक्षले गर्नु पर्छ । उनले थपे ‘त्यसका लागि हामीले माथी रिपोर्ट गरेका छौ । भारतिय पक्षलेपनि गर्यो होला ।’

लामो समयदेखि सीमास्तम्भ बाँगिएर जिर्ण हुँदासमेत सम्बन्धित निकायको वेवास्ताका कारण सीमास्तम्भ ढलेको स्थानियले बताए ।

उनिहरुकाअनुसार कञ्चनपुरको दक्षिणी क्षेत्रमा भारतीय पक्षले कैयौं स्थानमा सीमास्तम्भ गायव पार्ने र नक्कली स्तम्भ गाडेर सीमा अतिक्रमण गर्दै आएकोे छ ।

फोटो सौजन्यः पल्लब राज भट्ट

ताजा खबर

एसईई उत्र्तिण विद्याथीलाई एलबिएको सम्मान

कञ्चनपुर, असार २८ कञ्चनपुरकोे एक निजी विद्यालयले माध्यामिक परीक्षा...

माओवादी केन्द्र भीमदत्त नगर ५को सम्मेलन, अध्यक्षमा तिरुवा

 कञ्चनपुर, असार २८ नेकपा माओवादी केन्द्र भीमदत्त नगरपालिका ५नम्बर वडाको...

नवराज भट्टको काँधमा बैजनाथ मावि पिटिए

डिल्लीराज पन्त, असार २७ कञ्चनपुर महेन्द्रनगरको बैजनाथ माध्यामिक विद्यालय...

सुदूरका युवा उद्यमी चन्द औद्योगिक तथा लगानी प्रर्बद्धन बोड सदस्यमा नियुक्त

कञ्चनपुर, असार २७ सुदूरपश्चिम प्रदेशका एक युवा उद्यमी औद्योगिक तथा...

विष्णू मन्दिर सडक मापदण्ड अनुरुप गुणस्तरिय बनाउन स्थानीयको माग

कञ्चनपुर २६ असार । कञ्चनपुरको उत्तरी भेग विष्णू मन्दिर सडक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?