भारतीय पक्षले अवरोध गरेको हुलाकी राजमार्ग क्षेत्रमा जनबाहनीद्वारा अनुगमन [भिडियो]

महेन्द्रनगर । भारतिय पक्षले अवरोध गरेको हुलाकी राजमार्ग क्षेत्रको सोमबार जनबाहिनी नेपालले स्थलगत अनुगमन गरेको छ ।

आइतबार कञ्चनपुरको बेलौरी नगरपालिका­–८ पचुई स्थित रहेको ३८ नम्बर पिल्लर नजिकै निर्माणाधिन २ सय मिटर हुलाकी राजमार्ग आफ्नो भूमी भएको भन्दै भारतले निर्माण कार्य अवरोध गरेको थियो ।

दादागिरीशैलीमा नेपाल प्रवेश गरी सडक निर्माणको कार्य अवरोध गरेपछि आफुहरुको टालीले स्थलगत अनुगमन गरेको जनबाहिनी नेपालका संयोजक शिरोमनी ओझाले बताए ।

स्थलगत अनुगमन गरेका संयोजक ओझाले उत्त भूमी नेपालको रहेको भन्दै अनावश्यक विवाद हटाएर नियमित काम गर्न दिन उनले भारतीय पक्षसंग आग्रह गरे ।

यो पनि पढ्नुहोस्ः कञ्चनपुरःहुलाकी राजमार्ग निर्माणमा भारतिय पक्षको अवरोध

गुगल म्यापमा हेर्दा भारतले आफ्नो भनिरहेको भूमी नेपाल तर्फ परेको उनले बताए । ‘नेपालको भूमी मिच्न भारतले अनावश्यक जिपिएसको व्याख्या गरिरहेको छ ।’उनले भने ‘उत्त भूमी नेपालीले भोगचलन गर्दै आएका छन् भने गुगल म्यापमा पनि नेपाल तर्फनै पर्छ ।’

त्यसैले उत्त सीमा विवादको समस्या छिटो भन्दा छिटो सम्बधित निकायले समाधान गर्नु पर्नेमा संयोजक ओझाले जोड दिए ।

कंचनपुर बेनपा वा.न.८ मा सडकै रोक्न दर्जनौं हतियारधारी भारतीय दादागिरीको बिरोध गरौं ।

Gepostet von Shiromany ojha am Montag, 6. Juli 2020

 

ताजा खबर

कञ्चनपुरको गैलनदीमा प्रहरी चौकीको नयाँ भवन निर्माण सुरु, २०८४ असारभित्र सम्पन्न हुने

कञ्चनपुर, ३१ असार कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदीमा नेपाल प्रहरीको अस्थायी...

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?