भारतीय पक्षले अवरोध गरेको हुलाकी राजमार्ग क्षेत्रमा जनबाहनीद्वारा अनुगमन [भिडियो]

महेन्द्रनगर । भारतिय पक्षले अवरोध गरेको हुलाकी राजमार्ग क्षेत्रको सोमबार जनबाहिनी नेपालले स्थलगत अनुगमन गरेको छ ।

आइतबार कञ्चनपुरको बेलौरी नगरपालिका­–८ पचुई स्थित रहेको ३८ नम्बर पिल्लर नजिकै निर्माणाधिन २ सय मिटर हुलाकी राजमार्ग आफ्नो भूमी भएको भन्दै भारतले निर्माण कार्य अवरोध गरेको थियो ।

दादागिरीशैलीमा नेपाल प्रवेश गरी सडक निर्माणको कार्य अवरोध गरेपछि आफुहरुको टालीले स्थलगत अनुगमन गरेको जनबाहिनी नेपालका संयोजक शिरोमनी ओझाले बताए ।

स्थलगत अनुगमन गरेका संयोजक ओझाले उत्त भूमी नेपालको रहेको भन्दै अनावश्यक विवाद हटाएर नियमित काम गर्न दिन उनले भारतीय पक्षसंग आग्रह गरे ।

यो पनि पढ्नुहोस्ः कञ्चनपुरःहुलाकी राजमार्ग निर्माणमा भारतिय पक्षको अवरोध

गुगल म्यापमा हेर्दा भारतले आफ्नो भनिरहेको भूमी नेपाल तर्फ परेको उनले बताए । ‘नेपालको भूमी मिच्न भारतले अनावश्यक जिपिएसको व्याख्या गरिरहेको छ ।’उनले भने ‘उत्त भूमी नेपालीले भोगचलन गर्दै आएका छन् भने गुगल म्यापमा पनि नेपाल तर्फनै पर्छ ।’

त्यसैले उत्त सीमा विवादको समस्या छिटो भन्दा छिटो सम्बधित निकायले समाधान गर्नु पर्नेमा संयोजक ओझाले जोड दिए ।

कंचनपुर बेनपा वा.न.८ मा सडकै रोक्न दर्जनौं हतियारधारी भारतीय दादागिरीको बिरोध गरौं ।

Gepostet von Shiromany ojha am Montag, 6. Juli 2020

 

ताजा खबर

एसईई नतिजा ०८१ ः अमरज्योतीका ८४.४६ प्रतिशत विद्यार्थी उर्तिण

कञ्चनपुर, असार १६ कञ्चनपुरको एक निजी विद्यालयले निरन्तर विद्यार्थी उर्तिण...

पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम बहादुर चन्द स्मृति पत्रकारिता सम्मान

कञ्चनपुर, १४ असार  कञ्चनपुरका पत्रकार राजेन्द्र प्रशाद अवस्थी लाई राम...

अरुणीमा विद्या मन्दिर उल्टाखाममा पाठ्यपुस्तक रहित शुक्रबारको दिन निशुल्क स्वास्थ्य जाँच शिविर

शुनिल राना कञ्चनपुर १३ असार । कञ्चनपुरको एक निजि विद्यालयले अभिभावक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?