प्रधानमन्त्री ओलीद्धारा रचित ‘बन्छ नमुना नेपाल’ बोलको गीत सार्वजनिक (भिडियो)

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिर्जना गरेको ‘बन्छ नमुना नेपाल’ बोलको गीत सार्वजनिक भएको छ । ओलीद्धा रचित उत्त गीत चर्चित सर्जन डा. रमेश सिंह भण्डारी गाएका छन् । प्रधानमन्त्रीले ओलीले रचना गरेको ‘बन्छ अब नमुना नेपाल’ बोलको गीतमा डा.भण्डारीको नै संगीत रहेको छ ।

डा. भण्डारीले गत मंसिरमा प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरेका थिए । शल्यक्रियापछि अस्पतालमा रहँदा प्रधानमन्त्री गीत सुनिरहन्थे । त्यतिखेर डा. भण्डारीले गीत गाएर ओलीलाई सुनाएका थिए ।

प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्री ओलीले कविता ‘बन्छ अब नमुना नेपाल’ सार्वजनिक भयो । त्यही कवितालाई डा। भण्डारीले र्‍याप प्याटर्नमा ढालेर गीत बनाएका हुन् ।

गीत गाउन सौखिन भण्डारी कलेज जीवनमा पनि गीत गाउँथे । उनको केही गीतहरु यसअघि पनि रेकर्ड भएका छन् । तर, डा। भण्डारीले प्रधानमन्त्रीको शब्दमा स्वर र संगीत भर्न पाउँदा आफूलाई गर्व लागेको प्रतिक्रिया दिए ।

उक्त गीतमा संगीत संयोजन, मिक्स र माष्टरको काम भने निरन डंगोलले गरेका छन् । गीतको भिडियोमा क्रिएटिभ टिममा पवित्र शाक्य, विपिन कपाली र सागर राज रहेका छन् । संगीतको निर्देशन तथा प्रोष्ट म्यानेज पनि सागर राजले नै गरेका छन् । अनलाइन खबर

 

ताजा खबर

भीमदत्तका १९ वटै वडाका महिलालाई तीनदिने वित्तीय साक्षरता तालिम

कञ्चनपुर, ४ श्रावण  महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत वित्तीय साक्षरतासम्बन्धी तीनदिने तालिम...

मुद्दा फर्छ्यौटमा उत्कृष्ट कञ्चनपुर जिल्ला अदालत, ५ करोडभन्दा बढी राजस्व संकलन

कञ्चनपुर, १ साउन कञ्चनपुर जिल्ला अदालतले गत आर्थिक वर्ष २०८२/८३...

कञ्चनपुरको गैलनदीमा प्रहरी चौकीको नयाँ भवन निर्माण सुरु, २०८४ असारभित्र सम्पन्न हुने

कञ्चनपुर, ३१ असार कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदीमा नेपाल प्रहरीको अस्थायी...

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?