प्रधानमन्त्री ओलीद्धारा रचित ‘बन्छ नमुना नेपाल’ बोलको गीत सार्वजनिक (भिडियो)

काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिर्जना गरेको ‘बन्छ नमुना नेपाल’ बोलको गीत सार्वजनिक भएको छ । ओलीद्धा रचित उत्त गीत चर्चित सर्जन डा. रमेश सिंह भण्डारी गाएका छन् । प्रधानमन्त्रीले ओलीले रचना गरेको ‘बन्छ अब नमुना नेपाल’ बोलको गीतमा डा.भण्डारीको नै संगीत रहेको छ ।

डा. भण्डारीले गत मंसिरमा प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरेका थिए । शल्यक्रियापछि अस्पतालमा रहँदा प्रधानमन्त्री गीत सुनिरहन्थे । त्यतिखेर डा. भण्डारीले गीत गाएर ओलीलाई सुनाएका थिए ।

प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्री ओलीले कविता ‘बन्छ अब नमुना नेपाल’ सार्वजनिक भयो । त्यही कवितालाई डा। भण्डारीले र्‍याप प्याटर्नमा ढालेर गीत बनाएका हुन् ।

गीत गाउन सौखिन भण्डारी कलेज जीवनमा पनि गीत गाउँथे । उनको केही गीतहरु यसअघि पनि रेकर्ड भएका छन् । तर, डा। भण्डारीले प्रधानमन्त्रीको शब्दमा स्वर र संगीत भर्न पाउँदा आफूलाई गर्व लागेको प्रतिक्रिया दिए ।

उक्त गीतमा संगीत संयोजन, मिक्स र माष्टरको काम भने निरन डंगोलले गरेका छन् । गीतको भिडियोमा क्रिएटिभ टिममा पवित्र शाक्य, विपिन कपाली र सागर राज रहेका छन् । संगीतको निर्देशन तथा प्रोष्ट म्यानेज पनि सागर राजले नै गरेका छन् । अनलाइन खबर

 

ताजा खबर

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

झलारी। शुक्लाफाँटा नगरपालिकामा एकिकृत फोहर व्यवस्थापन केन्द्र निर्माणको काम...

शुक्लाफाँटामा व्यवसाय सचेतना तालिम सुरु

झलारी। शुक्लाफाँटा नगरपालिकाको आयोजनामा ८ दिने उद्यमशिलता विकास तथा...

शुक्लाफाँटा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा अतिरिक्त कक्षा संचालनमा

झलारी। शुक्लाफाँटा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा संचालित अतिरिक्त कक्षाको अनुगमन...

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

झलारी। शुक्लाफाँटा नगरपालिका–१० को कार्यालयले ४० परिवारको निःशुल्क स्वास्थ्य...

मणिकाधामलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्छौः नगर प्रमुख महरा

झलारी। शुक्लाफाँटा नगरपालिका–८ स्थित मणिकाधामलाई धार्मिक पर्यटकीय स्थलको रुपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?