यो देशका थप ७ जना क्रिकेटरमा कोरोना पुष्टि

 

काठमाण्डौँ । पाकिस्तान क्रिकेट टिमका थप जना खेलाडीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पाकिस्तान क्रिकेट बोर्डका अनुसार दोस्रो चरणको नतिजामा सात जना खेलाडीसँगै एक जना अफिसियललाई पनि कोरोना लागेको हो।

यसअघि मंगलबार तीन जना क्रिकेरलाई कोरोना लागेको थियो।

पाकिस्तानले गत सोमबार ३५ जनालाई कराँची, लाहोर र पेसावरमा कोरोनाको परीक्षण गराएको थियो। जसमा १० जना खेलाडी संक्रमित बनेका हुन्।

मंगलबारको हैदर अली, सादब खान र हरिस राउफलाई कोरोना पुष्टि भएको थियो।

बुधबार कासिफ भाटी, मोहमद हस्नइन, फखर जमान, मोहमद रिजवान, मोहमद हफिज, वाहेब रियाज र इमरान खानलाई कोरोना लागेको हो।

३५ मध्ये २५ खेलाडीमा भने कोरोना भेटिएको छैन। जसमा अबिद अली, असद शाफिक, अजर अली, बाबर अजाम, फहीम असरफ, फवाद अलाम, इफ्तिखर अहमद, इमाम उल हक, खुस्दिल शाह, मोहमद अब्बास, नसीम शाह, सर्फराज अहमेद, शाहीन शाह अफ्रिदी, सान मसूद, सोहिल खान र यासिर शाह छन्।

कोरोना लागेका सबै खेलाडी अब आइसोलेसनमा बस्नेछन् ।

इंग्ल्यान्ड भ्रमणअघि गरिएको परीक्षणमा महत्वपूर्ण खेलाडीलाई कोरोना देखिएपछि पाकिस्तानी टिममाथि चुनौती थपिएको छ।

पाकिस्तानी टिम तीन टेस्ट र तीन टी(२० खेल्नका लागि आगामी साता इंग्ल्यान्ड प्रस्थान गर्दैछ। इंग्ल्यान्ड र पाकिस्तानबीचको सिरिज आगामी अगस्टमा हुनेछ।

यसअघि हरिस सोहिल र मोहमद अमिरले इंग्ल्यान्ड भ्रमण नगर्ने जनाएका थिए।

पाकिस्तानी टिम आगामी जुन २८ मा लाहोरबाट म्यानचेस्टरका लागि प्रस्थान गर्ने कार्यक्रम छ।

कोरोना लागेका खेलाडीले अहिले इंग्ल्यान्ड जान पाउनेछैनन्। खेलाडीहरु १४ दिनको आइसोलेसनमा बस्नु पर्नेछ र त्यसपछि नेगेटिभ नतिजा आउनु पर्नेछ। अनि मात्र उनीहरु इंग्ल्यान्ड भ्रमणमा जान पाउनेछन् । सेतोपाटी

 

ताजा खबर

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

महाकालीको बहावले दोधारा–चाँदनी झोलुङ्गे पुलको पिलर ढल्यो, आवतजावत बन्द

कञ्चनपुर , १४ असोज कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका र भीमदत्त...

३४ दिनसम्म फर्किने आशामा बसेको परिवार, अन्ततः कुशको शव बनाएर प्रेमको अन्तिम संस्कार

कञ्चनपुर, १२ असोज रसुवा जिल्लाको भोटेकोसीमा आएको बाढीमा परी सम्पर्कविहीन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?