यो देशका थप ७ जना क्रिकेटरमा कोरोना पुष्टि

 

काठमाण्डौँ । पाकिस्तान क्रिकेट टिमका थप जना खेलाडीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पाकिस्तान क्रिकेट बोर्डका अनुसार दोस्रो चरणको नतिजामा सात जना खेलाडीसँगै एक जना अफिसियललाई पनि कोरोना लागेको हो।

यसअघि मंगलबार तीन जना क्रिकेरलाई कोरोना लागेको थियो।

पाकिस्तानले गत सोमबार ३५ जनालाई कराँची, लाहोर र पेसावरमा कोरोनाको परीक्षण गराएको थियो। जसमा १० जना खेलाडी संक्रमित बनेका हुन्।

मंगलबारको हैदर अली, सादब खान र हरिस राउफलाई कोरोना पुष्टि भएको थियो।

बुधबार कासिफ भाटी, मोहमद हस्नइन, फखर जमान, मोहमद रिजवान, मोहमद हफिज, वाहेब रियाज र इमरान खानलाई कोरोना लागेको हो।

३५ मध्ये २५ खेलाडीमा भने कोरोना भेटिएको छैन। जसमा अबिद अली, असद शाफिक, अजर अली, बाबर अजाम, फहीम असरफ, फवाद अलाम, इफ्तिखर अहमद, इमाम उल हक, खुस्दिल शाह, मोहमद अब्बास, नसीम शाह, सर्फराज अहमेद, शाहीन शाह अफ्रिदी, सान मसूद, सोहिल खान र यासिर शाह छन्।

कोरोना लागेका सबै खेलाडी अब आइसोलेसनमा बस्नेछन् ।

इंग्ल्यान्ड भ्रमणअघि गरिएको परीक्षणमा महत्वपूर्ण खेलाडीलाई कोरोना देखिएपछि पाकिस्तानी टिममाथि चुनौती थपिएको छ।

पाकिस्तानी टिम तीन टेस्ट र तीन टी(२० खेल्नका लागि आगामी साता इंग्ल्यान्ड प्रस्थान गर्दैछ। इंग्ल्यान्ड र पाकिस्तानबीचको सिरिज आगामी अगस्टमा हुनेछ।

यसअघि हरिस सोहिल र मोहमद अमिरले इंग्ल्यान्ड भ्रमण नगर्ने जनाएका थिए।

पाकिस्तानी टिम आगामी जुन २८ मा लाहोरबाट म्यानचेस्टरका लागि प्रस्थान गर्ने कार्यक्रम छ।

कोरोना लागेका खेलाडीले अहिले इंग्ल्यान्ड जान पाउनेछैनन्। खेलाडीहरु १४ दिनको आइसोलेसनमा बस्नु पर्नेछ र त्यसपछि नेगेटिभ नतिजा आउनु पर्नेछ। अनि मात्र उनीहरु इंग्ल्यान्ड भ्रमणमा जान पाउनेछन् । सेतोपाटी

 

ताजा खबर

पहिलो पटक सिद्धनाथ मन्दिरमा महाआरती हुने

कञ्चनपुरकोे महेन्द्रनगर सिद्धनाथ मन्दिर(सिद्धबाबा)मा पहिलो पटक महाआरती संचालन हुने...

मेयर ओझाद्वारा महेन्द्रनगर नमुना मावि साधारण स्कुलको अनुगमन

कञ्चनपुर, असार २२ कञ्चनपुरको एक स्थानीय सरकारका प्रमुख देखिका जनप्रतिनिधीले...

महाकाली गाईडबण्ड सन्तोषजनक ः गृहमन्त्री लेखक

उपेश सिंह धामी कञ्चनपुर २२ असार । कञ्चनपुर स्थित महाकाली गाईडबण्ड,दोधाराचाँदनी...

कञ्चनपुरको होलीफेम्ली स्कुललाई उत्कृष्ट शैक्षिक संस्था सम्मान

शुनिल राना कञ्चनपुर २२ असार । सुदूरपश्चिम प्रदेश कञ्चनपुरकोे एक...

श्रद्धेय दिप दाईको प्रेरणादायी दुई शब्द “भाई अब राजनीतिमा आउनु पर्छ’’

धन सिंह धामी कञ्चनपुर २२ असार । मन्द मुस्कानको साथमा के...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?