सीमानाका खोलेपछि सुदूरपश्चिममा ह्वात्तै बढ्यो कोरोना संक्रमण

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा चैत मसान्तसम्म तीव्र गतिमा कोरोना संक्रमण बढेको थियो । चैत २२ गतेसम्म नेपालमा ९ जना संक्रमित भेटिएका थिए ।

तीमध्ये ४ जना संक्रमित सुदूरपश्चिमकै थिए । बैशाख १ गते कैलालीमा थप एक जनामा संक्रमण देखियो ।

चैत मसान्तसम्म तीव्र रुपमा बढेको संक्रमण त्यसपछि एक महिना बढी समय शून्य जस्तै भयो । फेरि पछिल्लो एक महिना यता भने सुदूरपश्चिममा कोरोना संक्रमणको दर तीव्र रुपमा बढ्दै गएको छ ।

कारण हो सुदूरपश्चिम संग जोडिएका भारतिय सिमा नाका खोल्नु । लकडाउनका बीचमा भारतमा अलपत्र परेका नेपाली नागरीकलाई स्वदेश फर्काउन जेठ १२ गते देखी सुदूरपश्चिमका भारत संग जोडिएका गड्चौकी र त्रिनगर नाका खोलिएपछि प्रदेशमा संक्रमण तिव्र रुपमा फैलिदै गएको हो ।

जेठ ११ गते (अथवा नाका खोल्नु पूर्व) सुदूरपश्चिममा १५ जना मात्र कोरोना संक्रमितका विरामी थिए । सुदूरपश्चिममा ती १५ जना संक्रमित पुग्न ५५ दिन लागेको थियो ।

त्यसपछि जेठ १२ गते नाका खोलियो । नाका खोलेको दुई सातामै (जेठ २५ गते सम्म) संक्रमितको संख्या १५ बाट बढेर १ सय ८ पुगेको थियो ।

जेठ २५ गते पछिको दुईसातामा १ सय ८ जनाबाट बढेर संक्रमितको संख्या हजार नाघेको छ । नाका खोलेको ४ सातामैँ प्रदेशमा सं्रमितको संख्या १५ बाट बढेर एक हजार ९ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशमा कोरोना संक्रमणका कारण हाल सम्म ५ जनाको मृत्यु भइसकेको छ भने १ सय ३४ जना उपचार पछि निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

भारतबाट पछिल्लो समय लाखौँ मानिस भित्रिएकाले र खुकुलो लकडाउनका कारण सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या अझै बढ्न सक्ने विज्ञहरुको अनुमान छ ।

यो पनि पढ्नुहोस्ः

सुदूरपश्चिममा एकैदिन थप ७६ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या एक हजार नाघ्यो

नाकामा रोकिएन घर फर्कनेको भिड, गड्डाचौकी नाकाबाट १४ दिनमा २५ हजार बढी भित्रिए

ताजा खबर

लटिनाथ मावि दार्चुलाका विद्यार्थी माल कञ्चनपुरमा छाडा बिरामी पशुको उपचार गर्दैै

कञ्चनपुर, साउन १४ दूरपश्चिम प्रदेशको पहाडी जिल्ला दार्चुलाका एक विद्यार्थी...

नेपाल आमाको मूर्ति बनाउन दानेश्वर हरी बहुमुखी क्याम्पसद्वारा आर्थिक सहयोग

कञ्चनपुर, १३ साउन । कञ्चनपुरकोे एक क्याम्पसले जिल्लाको उत्तरी भेग...

सुपवि स्ववियु स्थगित प्रकरण ः क्रान्तिकारीविच कुटाकुट ः पाटीले ग¥यो, क्रान्तिकारी नेता विष्टलाई कार्बाही

कञ्चनपुर, १२ साउन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस निर्वाचनको विषयलाई लिएर...

काँग्रेस नेता साउदले मागे, निर्मला हत्यारामाथि कार्बाही

कञ्चनपुर, साउन ११ नेपाली काँग्रेस नेता एनपी साउदले निर्मलाका हत्यारामाथि...

माओवादी निकट महिला संगठनको प्रशन, गृहमन्त्री ज्यु निर्मलाका हत्यारा सार्वजनिक कहिले हुन्छन ?

माओवादी निकट महिला संगठनको प्रश्न, गृहमन्त्री ज्यु निर्मलाका हत्यारा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?