नाकामा रोकिएन घर फर्कनेको भिड, गड्डाचौकी नाकाबाट १४ दिनमा २५ हजार बढी भित्रिए

महेन्द्रनगर । नेपालको पश्चिमी नाका गड्डाचौकी हुदैँ भारतबाट दिनहुँ सयौँ नेपाली स्वदेश फर्किरहेका छन् ।

कोरोना भाइरस महामारीका कारण भारतमा रोजगारी गुमाएकाहरूको यो लर्को १४ दिनदेखि जारी छ ।

करिब दुई महिनासम्म बन्द यो नाका भारतमा अलपत्र परेका नेपाली नागरीकको उद्धारका लागी खुला गरिएपछि भारतबाट फर्कनेको भिड लाग्न थालेको हो ।

आज सोमबार विहान ४ घण्टामा मात्र ५ सय ७३ जना नेपाल प्रवेश गरेका छन् भने १ सय २७ जना मात्र भारत तर्फ पठाइएको छ ।

नाका खुला गरीएको जेठ १२ गतेयता मात्रै गड्डाचौकी नाका भएर २५ हजार ३ सय ४० जना भित्रिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

गड्डाचौकी नाका भएर १४ दिनमा २५ हजार ३ सय ४० जना भित्रिए र ३ हजार १ सय १८ जनालाई नेपालबाट भारत पठाइएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रशाद उपाध्यायले बताए ।

सामान्य स्वास्थ्य परीक्षण गरी गन्तव्यमा पठाइदैँ,संक्रमणको जोखिम बढ्यो

भारतबाट फर्कनेहरूको सीमानाकामा सामान्य स्वास्थ्य चेकजाँच मात्र गरी उनिहरुलाई गन्तव्यमा पठाउने गरीएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।

स्थानीय तह र प्रदेश सरकारले व्यवस्थापन गरेका गाडीबाट नाकाबाटै उनीहरूलाई गन्तव्यमा पठाउने गरिएको छ ।

भारतबाट फर्केकाहरूको सामान्य स्वास्थ्य जाँचको भरमा सीधै गाउँ जाँदा कोरोना संक्रमण फैलने जोखिम पनि बढेको छ ।

प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले उनीहरूलाई क्वारेन्टाइनमा सुरक्षित व्यवस्थापन गर्न नसके सुदूरपश्चिममा कोरोनाको महामारीले भयावह रूप लिन सक्ने चेतावनी दिए ।फाइल फोटो

ताजा खबर

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

भीमदत्तका महिलालाई प्रस्तावना, अवधारणा पत्र र बजेट लेखनसम्बन्धी तीन दिने तालिम

कञ्चनपुर, १८ असोज । महिलाको आर्थिक तथा राजनीतिक नेतृत्व...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन आयोजना

कञ्चनपुर, १७ असोज शिक्षकहरूको पेशागत विकास, शिक्षण–सिकाइका अभ्यास तथा बदलिँदो...

सुदूरपश्चिम विश्वविद्यालयमा प्रदेशस्तरीय शिक्षक सम्मेलन–२०८३ आयोजना हुदै

कञ्चनपुर, १६ असोज शिक्षकहरूको पेशागत विकास तथा शैक्षिक क्षेत्रका समसामयिक...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?