सीमानाका खोलेपछि सुदूरपश्चिममा ह्वात्तै बढ्यो कोरोना संक्रमण

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा चैत मसान्तसम्म तीव्र गतिमा कोरोना संक्रमण बढेको थियो । चैत २२ गतेसम्म नेपालमा ९ जना संक्रमित भेटिएका थिए ।

तीमध्ये ४ जना संक्रमित सुदूरपश्चिमकै थिए । बैशाख १ गते कैलालीमा थप एक जनामा संक्रमण देखियो ।

चैत मसान्तसम्म तीव्र रुपमा बढेको संक्रमण त्यसपछि एक महिना बढी समय शून्य जस्तै भयो । फेरि पछिल्लो एक महिना यता भने सुदूरपश्चिममा कोरोना संक्रमणको दर तीव्र रुपमा बढ्दै गएको छ ।

कारण हो सुदूरपश्चिम संग जोडिएका भारतिय सिमा नाका खोल्नु । लकडाउनका बीचमा भारतमा अलपत्र परेका नेपाली नागरीकलाई स्वदेश फर्काउन जेठ १२ गते देखी सुदूरपश्चिमका भारत संग जोडिएका गड्चौकी र त्रिनगर नाका खोलिएपछि प्रदेशमा संक्रमण तिव्र रुपमा फैलिदै गएको हो ।

जेठ ११ गते (अथवा नाका खोल्नु पूर्व) सुदूरपश्चिममा १५ जना मात्र कोरोना संक्रमितका विरामी थिए । सुदूरपश्चिममा ती १५ जना संक्रमित पुग्न ५५ दिन लागेको थियो ।

त्यसपछि जेठ १२ गते नाका खोलियो । नाका खोलेको दुई सातामै (जेठ २५ गते सम्म) संक्रमितको संख्या १५ बाट बढेर १ सय ८ पुगेको थियो ।

जेठ २५ गते पछिको दुईसातामा १ सय ८ जनाबाट बढेर संक्रमितको संख्या हजार नाघेको छ । नाका खोलेको ४ सातामैँ प्रदेशमा सं्रमितको संख्या १५ बाट बढेर एक हजार ९ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशमा कोरोना संक्रमणका कारण हाल सम्म ५ जनाको मृत्यु भइसकेको छ भने १ सय ३४ जना उपचार पछि निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

भारतबाट पछिल्लो समय लाखौँ मानिस भित्रिएकाले र खुकुलो लकडाउनका कारण सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या अझै बढ्न सक्ने विज्ञहरुको अनुमान छ ।

यो पनि पढ्नुहोस्ः

सुदूरपश्चिममा एकैदिन थप ७६ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या एक हजार नाघ्यो

नाकामा रोकिएन घर फर्कनेको भिड, गड्डाचौकी नाकाबाट १४ दिनमा २५ हजार बढी भित्रिए

ताजा खबर

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

सुदूरपश्चिमका हेमराज भट्ट रास्वपाको केन्द्रीय सदस्यमा निर्वाचित, १,१३७ मतसहित पहिलो महाधिवेशनमै ऐतिहासिक सफलता

काठमाडौं, १२ असार  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनबाट...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?