कञ्चनपुरमा बहिनी रेपको आरोपमा दाई पक्राउ

महेन्द्रनगर । कञ्चनपुरमा बहिनी बलात्कारको आरोपमा दाई पक्राउ परेका छन् ।

जिल्लाको भिमदत्त नगरपालिका– १० की ९ बर्षिय बालिकामाथि बलात्कार गरेको आरोपमा दाई नाता पर्ने २० वर्षिया बिरेन्द्र दयाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

गयराती दयालले बालिकालाई बलात्कार गरेको भन्दै बालिकाका परिवारले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएपछि दयाललाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले बताए ।

उनले भने ‘गयराती बालिकामाथी बलात्कार भएको छ । बलात्कारको आरोपमा बालिकाको दाई नाता पर्ने २० वर्षिया युवकलाई पक्राउ गरेका छौ ।’

घटना बारे थप अअनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए ।

यस्तो महामारीमा पनि महिला तथा बालवालिका बलात्कृत हुनु दुखद् कुरा भएको भन्दै घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कारर्वाही गर्न महिलाअधिकारकर्मीले माग गरेका छन् ।

दयालको घर बैतडीको मेलौलीमा रहेको र हाल भीमदत्त नगरपालीका–१० स्थित फुपुको घरमा बस्दै आएको प्रहरी नायव उपरिक्षक थापाले बताए ।

ताजा खबर

नेपाल आमाको मूर्ति बनाउन दानेश्वर हरी बहुमुखी क्याम्पसद्वारा आर्थिक सहयोग

कञ्चनपुर, १३ साउन । कञ्चनपुरकोे एक क्याम्पसले जिल्लाको उत्तरी भेग...

सुपवि स्ववियु स्थगित प्रकरण ः क्रान्तिकारीविच कुटाकुट ः पाटीले ग¥यो, क्रान्तिकारी नेता विष्टलाई कार्बाही

कञ्चनपुर, १२ साउन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस निर्वाचनको विषयलाई लिएर...

काँग्रेस नेता साउदले मागे, निर्मला हत्यारामाथि कार्बाही

कञ्चनपुर, साउन ११ नेपाली काँग्रेस नेता एनपी साउदले निर्मलाका हत्यारामाथि...

माओवादी निकट महिला संगठनको प्रशन, गृहमन्त्री ज्यु निर्मलाका हत्यारा सार्वजनिक कहिले हुन्छन ?

माओवादी निकट महिला संगठनको प्रश्न, गृहमन्त्री ज्यु निर्मलाका हत्यारा...

दोधाराचाँदनी नगरपालिका–१० राप्रपा वडा कमिटिको अध्यक्षमा रावल

कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–१० मा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा कमिटि...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?