कञ्चनपुरमा बहिनी रेपको आरोपमा दाई पक्राउ

महेन्द्रनगर । कञ्चनपुरमा बहिनी बलात्कारको आरोपमा दाई पक्राउ परेका छन् ।

जिल्लाको भिमदत्त नगरपालिका– १० की ९ बर्षिय बालिकामाथि बलात्कार गरेको आरोपमा दाई नाता पर्ने २० वर्षिया बिरेन्द्र दयाल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

गयराती दयालले बालिकालाई बलात्कार गरेको भन्दै बालिकाका परिवारले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएपछि दयाललाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर बहादुर थापाले बताए ।

उनले भने ‘गयराती बालिकामाथी बलात्कार भएको छ । बलात्कारको आरोपमा बालिकाको दाई नाता पर्ने २० वर्षिया युवकलाई पक्राउ गरेका छौ ।’

घटना बारे थप अअनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक थापाले जानकारी दिए ।

यस्तो महामारीमा पनि महिला तथा बालवालिका बलात्कृत हुनु दुखद् कुरा भएको भन्दै घटनाको सत्य तथ्य छानविन गरी दोषीलाई कारर्वाही गर्न महिलाअधिकारकर्मीले माग गरेका छन् ।

दयालको घर बैतडीको मेलौलीमा रहेको र हाल भीमदत्त नगरपालीका–१० स्थित फुपुको घरमा बस्दै आएको प्रहरी नायव उपरिक्षक थापाले बताए ।

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?