मोदीले चीनलाई दिए यस्तो चेतावनी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनलाई जस्तालाई त्यस्तै जवाफ फर्काउने चेतावनी दिएका छन् । सोमबार लद्दाखमा चिनियाँ सेनासँग भएको हिंस्रक भिडन्तमा परी मारिएका २० जना भारतीय सैनिकलाई श्रद्धाञ्जलि दिँदै प्रधानमन्त्री मोदीले यस्तो चेतावनी दिएका हुन् ।

‘हाम्रा सैनिकको बलिदान खेर जाँदैन भनी देशलाई सुनिश्चित गराउन चाहन्छु । हाम्रो लागि देशको एकता र सम्प्रभुता सबभन्दा महत्त्वपूर्ण कुरा हो’, उनले भने, ‘भारत शान्ति चाहन्छ तर आवश्यक परेमा जस्तालाई त्यस्तै जवाफ फर्काउने क्षमता हामीसँग छ । ’

प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह र १५ राज्य तथा केन्द्रशासित प्रदेशका मुख्यमन्त्रीहरूले भर्चुअल बैठक गरेका हुन् ।

सर्वदलीय बैठक बोलाए

चीनसँग तनाव बढ्दै गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार सर्वदलीय बैठक बोलाएका छन्। चीनसँगका विवादको विषयमा मौन बसेको आरोप लागेपछि यसमा राजनीतिक तहबाट समाधान खोज्‍न मोदीले पहल सुरु गरेका हुन्। त्यही क्रममा उनले बैठक बोलाएको एजेन्सीले जनाएको छ।

सीमामा भएको भिडन्त र चीनसँग बढेको तनावबारे प्रधानमन्त्री मोदीले देशलाई गुमाराहमा राखेको भन्दै विपक्षी दल कांग्रेसका नेताहरुले आलोचना गरेका छन्।

सोमबार भएको झडपमा भारतका २० सैनिकको ज्यान गएको छ। चीनले यो भिडन्तमा आफू जिम्मेवार नभएको भन्दै घुमाउरो रुपमा भारतकै कारण अवस्था आएको बताएको छ।

बुधबार दिउँसो मोदीले छोटो सम्बोधनमा जवानहरुको बलिदान खेर नजाने भन्दै सबैलाई आश्वस्त पार्ने प्रयास गरेका छन्।

एक महिनादेखि भारत र चीनबीच पूर्वी लद्दाख क्षेत्रमा विवाद चल्दै आएको थियो।अन्नपुर्ण

ताजा खबर

शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्त

काठमाडौं, ८ जेठ  शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र...

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?