मोदीले चीनलाई दिए यस्तो चेतावनी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनलाई जस्तालाई त्यस्तै जवाफ फर्काउने चेतावनी दिएका छन् । सोमबार लद्दाखमा चिनियाँ सेनासँग भएको हिंस्रक भिडन्तमा परी मारिएका २० जना भारतीय सैनिकलाई श्रद्धाञ्जलि दिँदै प्रधानमन्त्री मोदीले यस्तो चेतावनी दिएका हुन् ।

‘हाम्रा सैनिकको बलिदान खेर जाँदैन भनी देशलाई सुनिश्चित गराउन चाहन्छु । हाम्रो लागि देशको एकता र सम्प्रभुता सबभन्दा महत्त्वपूर्ण कुरा हो’, उनले भने, ‘भारत शान्ति चाहन्छ तर आवश्यक परेमा जस्तालाई त्यस्तै जवाफ फर्काउने क्षमता हामीसँग छ । ’

प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह र १५ राज्य तथा केन्द्रशासित प्रदेशका मुख्यमन्त्रीहरूले भर्चुअल बैठक गरेका हुन् ।

सर्वदलीय बैठक बोलाए

चीनसँग तनाव बढ्दै गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार सर्वदलीय बैठक बोलाएका छन्। चीनसँगका विवादको विषयमा मौन बसेको आरोप लागेपछि यसमा राजनीतिक तहबाट समाधान खोज्‍न मोदीले पहल सुरु गरेका हुन्। त्यही क्रममा उनले बैठक बोलाएको एजेन्सीले जनाएको छ।

सीमामा भएको भिडन्त र चीनसँग बढेको तनावबारे प्रधानमन्त्री मोदीले देशलाई गुमाराहमा राखेको भन्दै विपक्षी दल कांग्रेसका नेताहरुले आलोचना गरेका छन्।

सोमबार भएको झडपमा भारतका २० सैनिकको ज्यान गएको छ। चीनले यो भिडन्तमा आफू जिम्मेवार नभएको भन्दै घुमाउरो रुपमा भारतकै कारण अवस्था आएको बताएको छ।

बुधबार दिउँसो मोदीले छोटो सम्बोधनमा जवानहरुको बलिदान खेर नजाने भन्दै सबैलाई आश्वस्त पार्ने प्रयास गरेका छन्।

एक महिनादेखि भारत र चीनबीच पूर्वी लद्दाख क्षेत्रमा विवाद चल्दै आएको थियो।अन्नपुर्ण

ताजा खबर

बेलडाँडीमा जनप्रतिनिधिको जिम्मेवारीबोधबारे प्रश्न ः प्रमुख रानाको एक्लो तर दृढ नेतृत्व

विमल धामी बेलडाँडी १५ साउन । लोकतन्त्रमा जनप्रतिनिधि जनताको इच्छा, आवश्यकता...

महेन्द्रनगरमा प्रदेश स्तरीय यू-१७ पुरुष फुटबल छनौट सम्पन्न

बिकाश सिंह महता साउन १५ महेन्द्रनगर कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित...

लटिनाथ मावि दार्चुलाका विद्यार्थी माल कञ्चनपुरमा छाडा बिरामी पशुको उपचार गर्दैै

कञ्चनपुर, साउन १४ दूरपश्चिम प्रदेशको पहाडी जिल्ला दार्चुलाका एक विद्यार्थी...

नेपाल आमाको मूर्ति बनाउन दानेश्वर हरी बहुमुखी क्याम्पसद्वारा आर्थिक सहयोग

कञ्चनपुर, १३ साउन । कञ्चनपुरकोे एक क्याम्पसले जिल्लाको उत्तरी भेग...

सुपवि स्ववियु स्थगित प्रकरण ः क्रान्तिकारीविच कुटाकुट ः पाटीले ग¥यो, क्रान्तिकारी नेता विष्टलाई कार्बाही

कञ्चनपुर, १२ साउन सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस निर्वाचनको विषयलाई लिएर...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?