मोदीले चीनलाई दिए यस्तो चेतावनी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनलाई जस्तालाई त्यस्तै जवाफ फर्काउने चेतावनी दिएका छन् । सोमबार लद्दाखमा चिनियाँ सेनासँग भएको हिंस्रक भिडन्तमा परी मारिएका २० जना भारतीय सैनिकलाई श्रद्धाञ्जलि दिँदै प्रधानमन्त्री मोदीले यस्तो चेतावनी दिएका हुन् ।

‘हाम्रा सैनिकको बलिदान खेर जाँदैन भनी देशलाई सुनिश्चित गराउन चाहन्छु । हाम्रो लागि देशको एकता र सम्प्रभुता सबभन्दा महत्त्वपूर्ण कुरा हो’, उनले भने, ‘भारत शान्ति चाहन्छ तर आवश्यक परेमा जस्तालाई त्यस्तै जवाफ फर्काउने क्षमता हामीसँग छ । ’

प्रधानमन्त्री मोदी, गृहमन्त्री अमित शाह र १५ राज्य तथा केन्द्रशासित प्रदेशका मुख्यमन्त्रीहरूले भर्चुअल बैठक गरेका हुन् ।

सर्वदलीय बैठक बोलाए

चीनसँग तनाव बढ्दै गएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार सर्वदलीय बैठक बोलाएका छन्। चीनसँगका विवादको विषयमा मौन बसेको आरोप लागेपछि यसमा राजनीतिक तहबाट समाधान खोज्‍न मोदीले पहल सुरु गरेका हुन्। त्यही क्रममा उनले बैठक बोलाएको एजेन्सीले जनाएको छ।

सीमामा भएको भिडन्त र चीनसँग बढेको तनावबारे प्रधानमन्त्री मोदीले देशलाई गुमाराहमा राखेको भन्दै विपक्षी दल कांग्रेसका नेताहरुले आलोचना गरेका छन्।

सोमबार भएको झडपमा भारतका २० सैनिकको ज्यान गएको छ। चीनले यो भिडन्तमा आफू जिम्मेवार नभएको भन्दै घुमाउरो रुपमा भारतकै कारण अवस्था आएको बताएको छ।

बुधबार दिउँसो मोदीले छोटो सम्बोधनमा जवानहरुको बलिदान खेर नजाने भन्दै सबैलाई आश्वस्त पार्ने प्रयास गरेका छन्।

एक महिनादेखि भारत र चीनबीच पूर्वी लद्दाख क्षेत्रमा विवाद चल्दै आएको थियो।अन्नपुर्ण

Leave A Reply

Please enter your comment!
Please enter your name here

ताजा खबर

भारतीय पक्षले अवरोध गरेको हुलाकी राजमार्ग क्षेत्रमा जनबाहनीद्वारा अनुगमन [भिडियो]

महेन्द्रनगर । भारतिय पक्षले अवरोध गरेको हुलाकी राजमार्ग क्षेत्रको...

कैलालीमा थप ८ जनामा कोरोना पुष्टि

महेन्द्रनगर । कैलालीमा कोरोना संक्रमितको संख्या ९ सय ५४...

कञ्चनपुरःहुलाकी राजमार्ग निर्माणमा भारतिय पक्षको अवरोध

महेन्द्रनगर । पश्चिम कञ्चनपुर देखी पूर्व झापा सम्म जोड्ने...

छिमेकीको हत्या गरी फरार भएका गोरे पक्राउ

महेन्द्रनगर । छिमेकीको हत्या गरी फरार भएका कञ्चनपुरको पुनर्वास...

कञ्चनपुरमा खाली खुट्टा हिडेर सरकारविरुद्ध प्रदर्शन[भिडियो]

महेन्द्रनगर । कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम नचालेको...

Website developed by:

संबन्धित खबर