महेन्द्रनगर । भारतीय चलचित्र अभिनेता सुशान्तसिंह राजपुतलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै अदालतमा मुद्दा दायर गरिएको छ । अधिवक्ता सुधीरकुमार ओझाले चर्चित बलिउड अभिनेता सलमान खानसहितका आठजना विरुद्ध मुद्दा दायर गरेका हुन् ।
आइतबार मुम्बईको बान्द्रास्थित आफ्नै फ्ल्याटमा राजुपुतले आत्महत्या गरेका थिए । उनलाई षड्यन्त्रमा पारेर आत्महत्याको अवस्था सिर्जना गरिएको भन्दै अभिवक्ता ओझालेचर्चित निर्माता करन जोहर,आदित्य चोपरा, साजिद नदियावाला, संजय लिला भन्सारी, भूषण कुमार, एकता कपुर र बिर्देशक दिनेशका विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
अधिवक्ता ओझाले अभिनेत्री कंगनालाई साक्षीका रुपमा पनि राखेका छन् ।
अदालतले ३ जुलाईमा सुनुवाई सुरु गर्ने तारेख दिएको छ । मानसखण्ड/आइएएनएस