पत्रकार धानुकलाई कारवाही गर्न कञ्चनपुरका सामुदायिक बन उपभोक्ता समुहद्धारा सयुक्त माग

महेन्द्रनगर । वैज्ञानिक वन ब्यवस्थापनमा आधारीत कञ्चनपुरका ८ वटा सामुदायिक बन उपभोक्ता समुहले पत्रकार नवराज धानुकलाई कारवाही गर्न सयुक्त माग गरेका छन् ।

कृष्ण,ग्वासी, जगदम्बा मयुर, सिंहपुर, रामनगर,सिता,हरियाली,महाकाली सामुदायिक बन उपभोक्ता समुहले पत्रकार धानुकमाथी कारवाहीको माग गर्दै सयुत्त प्रेस विज्ञप्ति जारी गरेका छन् ।

जिल्लाको शुक्लाफांटा नगरपालीका–८ स्थित बैजनाथ सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष बहादुर सिंह महरा विरुद्ध षड्यन्त्र मुलक योजना निर्माण गरी चरित्र हत्या गरेकोले शुक्रबार सयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार धानुकलाई कारवाही गर्न सामुदायिक बनले माग गरेका हुन् ।

पत्रकार धानुकलाई कारवाही नगरे कडा संघर्समा उत्रिने बन उपभोक्ता समुहले चेतावनी दिएका छन् ।

जेठ १८ गते वैजनाथ सामुदायिक वन समुहमा बैज्ञानिक वन व्यवस्थापन अन्तरगत भईरहेको वन कटानको रिपोर्टिङ गर्न आएका कैलालीका पत्रकार धानुकले वनका अध्यक्ष तथा वडा अध्यक्ष बहादुर सिँह महरालाई सोझा महिलालाई फकाएर बलात्कारको आरोप लगाएर फसाएर जेल चलान गर्नुपर्ने सर्बसाधारणलाई सुझाव दिइरहेको अडियो बाहिरीएको थियो ।

पत्रकार धानुकले उत्त अडियोमा यस्तो भनेका थिए ‘वडाध्यक्षको कमीकमजोरी पहिल्याई एक सोझी महिलालाई भनेर बलात्कार गर्याे भन्न लगाउनु र जुन नेता आएपनि झिक्न सक्दैन र पूर्व सभामुख कृष्णबहादुर महराको जस्तै हालत हुनेछ ।’

यस विषयले समाजमा अनैतिक गतिविधि गर्न प्रेरित गरेको भन्दै विवाद सृजना भएको थियो ।

ताजा खबर

कञ्चनपुरको गैलनदीमा प्रहरी चौकीको नयाँ भवन निर्माण सुरु, २०८४ असारभित्र सम्पन्न हुने

कञ्चनपुर, ३१ असार कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदीमा नेपाल प्रहरीको अस्थायी...

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?