पत्रकार धानुकलाई कारवाही गर्न कञ्चनपुरका सामुदायिक बन उपभोक्ता समुहद्धारा सयुक्त माग

महेन्द्रनगर । वैज्ञानिक वन ब्यवस्थापनमा आधारीत कञ्चनपुरका ८ वटा सामुदायिक बन उपभोक्ता समुहले पत्रकार नवराज धानुकलाई कारवाही गर्न सयुक्त माग गरेका छन् ।

कृष्ण,ग्वासी, जगदम्बा मयुर, सिंहपुर, रामनगर,सिता,हरियाली,महाकाली सामुदायिक बन उपभोक्ता समुहले पत्रकार धानुकमाथी कारवाहीको माग गर्दै सयुत्त प्रेस विज्ञप्ति जारी गरेका छन् ।

जिल्लाको शुक्लाफांटा नगरपालीका–८ स्थित बैजनाथ सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष बहादुर सिंह महरा विरुद्ध षड्यन्त्र मुलक योजना निर्माण गरी चरित्र हत्या गरेकोले शुक्रबार सयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार धानुकलाई कारवाही गर्न सामुदायिक बनले माग गरेका हुन् ।

पत्रकार धानुकलाई कारवाही नगरे कडा संघर्समा उत्रिने बन उपभोक्ता समुहले चेतावनी दिएका छन् ।

जेठ १८ गते वैजनाथ सामुदायिक वन समुहमा बैज्ञानिक वन व्यवस्थापन अन्तरगत भईरहेको वन कटानको रिपोर्टिङ गर्न आएका कैलालीका पत्रकार धानुकले वनका अध्यक्ष तथा वडा अध्यक्ष बहादुर सिँह महरालाई सोझा महिलालाई फकाएर बलात्कारको आरोप लगाएर फसाएर जेल चलान गर्नुपर्ने सर्बसाधारणलाई सुझाव दिइरहेको अडियो बाहिरीएको थियो ।

पत्रकार धानुकले उत्त अडियोमा यस्तो भनेका थिए ‘वडाध्यक्षको कमीकमजोरी पहिल्याई एक सोझी महिलालाई भनेर बलात्कार गर्याे भन्न लगाउनु र जुन नेता आएपनि झिक्न सक्दैन र पूर्व सभामुख कृष्णबहादुर महराको जस्तै हालत हुनेछ ।’

यस विषयले समाजमा अनैतिक गतिविधि गर्न प्रेरित गरेको भन्दै विवाद सृजना भएको थियो ।

ताजा खबर

ब्राईट लाईफ एजुगेशन प्रालि र जिआरडीको सयुक्त आयोजनामा प्राविधिक शिक्षा बारे अभिमुखिकरण

कञ्चनपुर, ६ जेठ । कञ्चनपुरको महेन्द्रनगरमा प्राविधिक शिक्षा बारे सरोकारवालालाई...

शुक्लाफाँटा नगरका मेयर महराको तीन बर्षे कार्यकालका उपलब्धी सार्वजनिक

कञ्चनपुर, ५ जेठ । कञ्चनपुरको एक स्थानीय सरकारले तीन बर्षे...

महेन्द्रनगरमा मदरल्याण्ड मण्टेश्वरी विद्यालय संचालन 

कञ्चनपुर, जेठ २  कञ्चनपुरकोे महेन्द्रनगरमा सुविधा सम्पन्न एक मण्टेश्वरी विद्यालय...

महाकाली नदीमा बाढीको विपदपूर्व तयारी सयुक्त कृत्रिम नमुना अभ्यास प्रदर्शन

कञ्चनपुर, ३१ वैसाख कञ्चनपुरको महाकाली नदीमा नेपाली सेना, नेपाल प्रहरी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?