कञ्चनपुरमा कोठामा एक्लै सुतिरहेकी किशोरीमाथि मध्यरातमा बलात्कार, एक जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरमा बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिकाका–७ का २५ बर्षीय युवकलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बेलौरीे प्रमुख प्रहरी निरीक्षक रण बहादुर चन्दले बताए ।

मध्यरातमा बेलौरी नगरपालीका–७ पौलाह स्थित घरमा एक्लै सुतिरहेको मौका छोपी १५ वर्षिया किशोरीमाथि जबर्जस्ती करणी गर्ने एक युवकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक चन्दले बताए ।

उनले भने ‘मध्यरातमा घरमा एक्लै सुतिरहेको अवस्थामा घरको पछाडी पट्टीको झ्याल तोडेर कोठा प्रवेश गरी किशोरीमाथी जवर्जस्तीकरणी गर्ने पौराहका २५ वर्षिया युवकलाई नियन्त्रणमा लिएका छौ ।’

ती युवकले आफु घरको कोठामा एक्लै सुतिरहेको मौका छोपी झ्यालबाट कोठामा प्रवेश गरेर बलात्कार गरेको किशोरीको आरोप छ ।

प्रहरी निरीक्षक चन्दका अनुसार विस्तृत स्वास्थ्य परीक्षणका लागि किशोरीलाई अहिले धनगढी स्थित सेती प्रादेशिक अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भैरहेको छ ।

ताजा खबर

कञ्चनपुरको गैलनदीमा प्रहरी चौकीको नयाँ भवन निर्माण सुरु, २०८४ असारभित्र सम्पन्न हुने

कञ्चनपुर, ३१ असार कञ्चनपुरको बेदकोट नगरपालिका–८ गैलनदीमा नेपाल प्रहरीको अस्थायी...

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?