कञ्चनपुरमा कोठामा एक्लै सुतिरहेकी किशोरीमाथि मध्यरातमा बलात्कार, एक जना पक्राउ

महेन्द्रनगर । कञ्चनपुरमा बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिकाका–७ का २५ बर्षीय युवकलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बेलौरीे प्रमुख प्रहरी निरीक्षक रण बहादुर चन्दले बताए ।

मध्यरातमा बेलौरी नगरपालीका–७ पौलाह स्थित घरमा एक्लै सुतिरहेको मौका छोपी १५ वर्षिया किशोरीमाथि जबर्जस्ती करणी गर्ने एक युवकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक चन्दले बताए ।

उनले भने ‘मध्यरातमा घरमा एक्लै सुतिरहेको अवस्थामा घरको पछाडी पट्टीको झ्याल तोडेर कोठा प्रवेश गरी किशोरीमाथी जवर्जस्तीकरणी गर्ने पौराहका २५ वर्षिया युवकलाई नियन्त्रणमा लिएका छौ ।’

ती युवकले आफु घरको कोठामा एक्लै सुतिरहेको मौका छोपी झ्यालबाट कोठामा प्रवेश गरेर बलात्कार गरेको किशोरीको आरोप छ ।

प्रहरी निरीक्षक चन्दका अनुसार विस्तृत स्वास्थ्य परीक्षणका लागि किशोरीलाई अहिले धनगढी स्थित सेती प्रादेशिक अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भैरहेको छ ।

ताजा खबर

शुक्लाफाँटामा अघि बढ्यो फोहर व्यवस्थापन निर्माणको काम

झलारी। शुक्लाफाँटा नगरपालिकामा एकिकृत फोहर व्यवस्थापन केन्द्र निर्माणको काम...

शुक्लाफाँटामा व्यवसाय सचेतना तालिम सुरु

झलारी। शुक्लाफाँटा नगरपालिकाको आयोजनामा ८ दिने उद्यमशिलता विकास तथा...

शुक्लाफाँटा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा अतिरिक्त कक्षा संचालनमा

झलारी। शुक्लाफाँटा नगरपालिकाका सामुदायिक विद्यालयहरुमा संचालित अतिरिक्त कक्षाको अनुगमन...

शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

झलारी। शुक्लाफाँटा नगरपालिका–१० को कार्यालयले ४० परिवारको निःशुल्क स्वास्थ्य...

मणिकाधामलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्छौः नगर प्रमुख महरा

झलारी। शुक्लाफाँटा नगरपालिका–८ स्थित मणिकाधामलाई धार्मिक पर्यटकीय स्थलको रुपमा...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?