नगर प्रमुख विष्टद्धारा पिसिआर मेसिन खरिद प्रक्रिया अगाडि बढाउन कार्यालयलाई निर्देशन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नोबेल कोरोना भाईरसको संक्रमण परिक्षणका लागि पिसीआर मेसिन खरिद पक्रिया अगाडी बढाएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख एवंम् कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि निर्देशन तथा समन्वय समितिका संयोजक सुरन्द्र विष्टले पिसिआर मेसिन खरिदका लागि नगरपालिकाको खरिद समितिलाई निर्देशन दिईएको बताए ।

उनका अनुसार महाकाली अस्पतालको नेतृत्व हुने गरि पिसिआर मेसिन खरिद गरिन लागेको हो । मेसिन खरिदका लागि जिल्लास्थित सबै स्थानीय तह, प्रदेश र केन्द्र सरकारसँग समन्वय गरिने उनको भनाई छ ।

‘सरोकारवाला निकायसँग पिसिआर मेसिन खरिदका लागि छलफल गरिएको छ ।’नगर प्रमुख सुरेन्द्र विष्टले भने ‘कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि परिक्षण हुन जरुरी छ, त्यसका लागि महाकाली अस्पतालमै मसिन राखेर परिक्षण गर्ने व्यवस्थापन भईरहेको छ ।’

आवश्यक बजेट जिल्लाका स्थानीय तहले व्यवस्थापन गर्ने र जनशक्तीका लागि केन्द्र सरकारसँग पहल गर्ने उनको भनाई छ ।

मंगलबार महाकाली अस्पताल विकास सिित लगायतसँग मेसिन खरिदका लागि छलफल गरिएको छ ।

ताजा खबर

भीमदत्तको विकास र सुशासनमा युवा समाजसेवी ऐरीको निरन्तर खबरदारी

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का युवा समाजसेवी दीपेन्द्र सिंह ऐरी...

महिला सशक्तीकरण केन्द्रमार्फत समुदायका समस्या समाधानका लागि सरोकारवालासँग पैरवी बैठक

कञ्चनपुर, १४ भदौ । समुदायमा रहेका समस्या पहिचान तथा समाधानका...

बाढी प्रभावितका लागि उदयदेव बहुउद्देश्यीय सहकारीद्वारा २ लाख ११ हजार सहयोग

महेन्द्रनगर । रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा आएको...

जन्मदिनको अवसरमा कलौनी दाजुभाईको बाढी पिडितलाई आर्थिक सहयोग

कञ्चनपुर -बाढीपीडितका लागि ३६ हजार ५ सय ५५ कञ्चनपुर...

भोटेकोशी बाढीपीडितका लागि चिया कफी दरबारको रु. ५१ हजार सहयोग

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?