सलमानका बडीगार्ड शेराको तलब कति हो थाहा छ ?

एजेन्सी
बलिउडका चर्चित नायक सलमान खानका बडीगार्ड शेरा पनि निकै चर्चित छन् । तर शेराबारे विस्तृत जानकारी निकै थोरैलाई मात्रै थाहा छ । आउनुहोस्, उनीबारे जानकारी लिऔंः

शेराको वास्तविक नामः

शेराको वास्तविक नाम गुरमितत सिंह जोली हो । शेराको जन्म मुम्बईको एक सिख परिवारमा भएको थियो र र उनलाई वाल्यकालदेखि नै बडीबिल्डिङको शौख थियो ।

बडीबिल्डिङ च्याम्पियन हुन् शेराः

शेराले सन् १९८७ मा मिस्टर मुम्बई जुनियर जितेका थिए । त्यसको अर्को वर्ष उनले मिस्टर महाराष्ट्र जुनियर प्रतियोगितामा भाग लिएका थिए ।

सन् १९९५ देखि सलामानसँगै छन् शेराः

शेराको भेट सलमान खानसँग सन् १९९५ मा भएको थियो, त्यतिबेलादेखि उनी सलमानको छायाजस्तै सधैं सँगै हुन्छन् ।

शेराको तलबः

भारतीय सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार सलमान आफ्नो सुरक्षाका लागि शेरालाई वार्षिक २ करोड बढी रकम दिन्छन् । अर्थात्, शेराको मासिक तलब १६ लाख भारुभन्दा बढी छ ।

आफ्नै सेक्युरिटी एजेन्सी चलाउँछन् शेराः

शेराको आफ्नै एउटा सेक्युरिटी एजेन्सी छ जसले व्यापारी र सेलिब्रिटीलाई सुरक्षा प्रदान गर्ने गर्छ । शेराले उक्त सेक्युरिटी एजेन्सीको नाम आफ्नो छोरा टाइगरको नाममा राखेका छन् ।

जस्टिन बीबरलाई समेत सुरक्षा दिइसकेका छन्ः

चर्चित अन्तर्राष्ट्रिय गायक जस्टिन बीबर मुम्बई आउँदा उनको सुरक्षाको जिम्मेवारी सलमानको आग्रहमा शेराले नै निभाएका थिए ।

अन्तिम साससम्म भाइसँगः

शेरा अब सलमानको परिवारको सदस्यजस्तै भइसकेका छन् । उनले एक अन्तरवार्तामा आफ्नो जीवनको अन्त्यसम्मै आफू भाइसँग नै रहने बताएका थिए ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?