मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४
मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि, पर्यटन, साँस्कृतिक तथा औद्योगिक व्यापार मेला संचालन हुन लागेको छ ।
शुक्लाफाँटा उद्योग वाणिज्य संघको आयोजनामा झलारी खुला मञ्चमा तेस्रो शुक्लाफाँटा कृषि, पर्यटन, साँस्कृतिक तथा औद्योगिक व्यापार मेला संचालन हुन लागेको हो ।
‘कला, संस्कृति, कृषि, पर्यटन र औद्यौगिक विकास ः सम्बृद्ध सुदुरपश्चिमको आधार’ भन्ने मुल नाराका साथ शुक्लाफाँटा नगरपालिका १० झलारीको खुला मञ्चमा कार्तिक २५ गतेदेखि दिउँसो २ बजेदेखि औपचारिक उद्घाटन हुनेछ ।
शुक्लाफाँटा नगरपालिका प्रमुख रण बहादुर महराको प्रमुख आथित्यमा मेला उद्घाटन गरिनेछ ।
महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । शुक्लाफाँटा उद्योग वाणिज्य संघका अध्यक्ष एव महोत्सव मुल आयोजक समितिका संयोजक धिरेन्द्र साउदले दुई महोत्सवको अपार सफलतापछि तेस्रो पटक मेला संचालन गर्न लागेकोे बताए । यस अघि लगातार ०७८ र ०७९मा महोत्सव संचालन गरिएको थियो ।
स्थानीय कृषि, उद्योग, घरेलु उत्पादनहरुको प्रर्दशन, बजार विस्तार, सुदूरपश्चिमको पर्यटकीय गन्तव्यको प्रचारप्रसार, मौलिक संस्कृतिको प्रर्बद्धन, महिला उद्यमी, नवप्रर्बद्धनशील विचारको विकास, निजी क्षेत्रको उन्नतीका गर्ने गराउने मेलाको उदेश्य रहेको बताए ।
महोत्सव सम्पन्न गर्नका लागि झण्डै १८÷२० लाखको खर्च हुने र लाखौँकोे कारोबार हुने अनुमान गरिएको छ ।
महोत्सवबाट स्थानीय बस्तु तथा सेवाको पहिचान, बजारीकरण, पर्यटकीय आवागमन, स्थानीय व्यवसाय कारोबारमा बृद्धि, कला संस्कृतिको जोर्गेना, लगानीकर्ता उत्साहित हुनेछन । शुक्लाफाँटा उद्योग वाणिज्य संघका उपाध्यक्ष एव मञ्च व्यवस्थापन उपसमितिका संयोजक बासु भण्डारी जिल्लाकै मध्य भूगोलमा संचालन हुने महोत्सव सफल पार्नका लागि सरोकारवालको अतुलनिय भूमिका हुने बताए । महोत्सवमा सुदूरपश्चिमको मौलिक, कला, संस्कृति प्रर्दशन सहित स्थानीय, राष्ट्रिय कलाकलबाट हरेक दिन प्रस्तुती हुनेछन ।
महोत्सवबाट सुदूरको आर्थिक, साँस्कृतिक, समाजिक, पर्यटकीय, व्यवसायिक क्षेत्रमा योगदान पुग्ने दावि गरिएको छ । महोत्सव अवलोकनका लागि साधारण तर्फ एकसय र विद्यार्थी सहुलियत ६०रुपैया निर्धाण गरिएको छ । महोत्सव आगामी ७मंसिरसम्मै संचालन हुनेछ ।

ताजा खबर

सुदूरपश्चिम विश्वविद्यालयमा पाठ्यक्रमदेखि पूर्वाधार विकाससम्म सुधारको पहल

कञ्चनपुर ०२ भाद्र सुदूरपश्चिम विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधारसँगै पाठ्यक्रम, प्रशासनिक...

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?