सलमानका बडीगार्ड शेराको तलब कति हो थाहा छ ?

एजेन्सी
बलिउडका चर्चित नायक सलमान खानका बडीगार्ड शेरा पनि निकै चर्चित छन् । तर शेराबारे विस्तृत जानकारी निकै थोरैलाई मात्रै थाहा छ । आउनुहोस्, उनीबारे जानकारी लिऔंः

शेराको वास्तविक नामः

शेराको वास्तविक नाम गुरमितत सिंह जोली हो । शेराको जन्म मुम्बईको एक सिख परिवारमा भएको थियो र र उनलाई वाल्यकालदेखि नै बडीबिल्डिङको शौख थियो ।

बडीबिल्डिङ च्याम्पियन हुन् शेराः

शेराले सन् १९८७ मा मिस्टर मुम्बई जुनियर जितेका थिए । त्यसको अर्को वर्ष उनले मिस्टर महाराष्ट्र जुनियर प्रतियोगितामा भाग लिएका थिए ।

सन् १९९५ देखि सलामानसँगै छन् शेराः

शेराको भेट सलमान खानसँग सन् १९९५ मा भएको थियो, त्यतिबेलादेखि उनी सलमानको छायाजस्तै सधैं सँगै हुन्छन् ।

शेराको तलबः

भारतीय सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार सलमान आफ्नो सुरक्षाका लागि शेरालाई वार्षिक २ करोड बढी रकम दिन्छन् । अर्थात्, शेराको मासिक तलब १६ लाख भारुभन्दा बढी छ ।

आफ्नै सेक्युरिटी एजेन्सी चलाउँछन् शेराः

शेराको आफ्नै एउटा सेक्युरिटी एजेन्सी छ जसले व्यापारी र सेलिब्रिटीलाई सुरक्षा प्रदान गर्ने गर्छ । शेराले उक्त सेक्युरिटी एजेन्सीको नाम आफ्नो छोरा टाइगरको नाममा राखेका छन् ।

जस्टिन बीबरलाई समेत सुरक्षा दिइसकेका छन्ः

चर्चित अन्तर्राष्ट्रिय गायक जस्टिन बीबर मुम्बई आउँदा उनको सुरक्षाको जिम्मेवारी सलमानको आग्रहमा शेराले नै निभाएका थिए ।

अन्तिम साससम्म भाइसँगः

शेरा अब सलमानको परिवारको सदस्यजस्तै भइसकेका छन् । उनले एक अन्तरवार्तामा आफ्नो जीवनको अन्त्यसम्मै आफू भाइसँग नै रहने बताएका थिए ।

ताजा खबर

निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष पूरा, अनुसन्धान नतिजा शून्य

कञ्चनपुर - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार...

पर्यावरण संरक्षणका लागी भम्केनी धाममा वृक्षारोपण

कञ्चनपुर - पर्यावरण संरक्षणका लागी कञ्चनपुरको भम्केनी धाम तथा नागार्जुन...

वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा खोकाछाप्रा पीडितकाे माग

कञ्चनपुर-वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा...

जोगबुढा नदीको विचको भाग सफाई गरिदिन सुन्दरनगरका स्थानीयहरुकाे माग

कञ्चनपुर-दोधारा चादनी नगरपालिका वडा नम्वर ८ सुन्दरनगरका स्थानीयहरुले लामो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?