कञ्चनपुरः लकडाउनमा पशुपन्छीका अन्नदाता(फोटो फिचर)

महेन्द्रनगर । विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस(कोभिड–१९)को रोकथामका लागी एक महिना बढी देखी देश लकडाउन गरीएको छ । लकडाउका कारण सबै प्राणीको जनजिवन प्रभावित बनेको छ ।

दैनिक ज्यालामजदुरी गरी गुजार गर्ने परिवार, घरभाडा गरी पढ्ने विद्यार्थी र छाडा चौपाया तथा अन्य जनावर,चराचुरुङ्गी बढी प्रभावित बनेका छन् ।

यस्तो अवस्थामा मानवलाई सबैले सहयोग गरीरहेका छन् । तर पशुपन्छीलाई पनि खाना चाहिन्छ पशुपन्छीलाई पनि खाना दिनु पर्छ भन्ने तर्फ धेरै कमको ध्यान गएको छ ।

लकडाउनका कारण कञ्चनपुरको महेन्द्रनगर क्षेत्रका बाँदर हुन् या सहरभरका कुकुर, काग, परेवा तथा छाडा पशुचौपायाले आहारा पाउन छाडेका छन् ।

मान्छेको दैनिक गतिविधि ठप्प बन्दा पशुपन्छी भोकै पर्न थाल्येका छन् । यद्यपी सबैको ध्यान मानवजातीलाई राहत बाड्ने तर्फ केन्द्रित भैरहेको अवस्थामा ८/१० जनाको समुह पहेलो जर्सी लगाएर गत १८ दिन देखी पशुपन्छीलाई निरन्तर विभिन्न खानेकुरा बाडीरहेका छन् ।

ती पहेलो जर्सी लगाएका अन्नदातालाई देख्ने वित्तिकै पशुपन्छीहरु यति आत्तिएर उनिहरुतर्फ आउँछन की त्यसले तिनीहरू कति भोकाएका छन् भन्ने देखाइरहेको हुन्छ ।

आहारा बाँड्ने त्यो टोली अशक्त, सुत्केरी र साना सबै पशुपन्छीलाई पनि उत्तिकै आहारा पाउनेगरी बाँडिरहेका हुन्छन् ।

को हो पहेलो जर्सी लगाएको त्यो टोली ?
पहेलो जर्सि लगाएर निरन्तर पशुपन्छीलाई आहारा खुवाउने त्यो हेल्प नेपाल कञ्चनपुरको टोली हो ।

निरन्तर सामाजिक कार्य गर्दै आएको संस्था हेल्प नेपाल कञ्चनपुरले पशुपन्छीको सुरक्षा र अधिकारका विषयमा काम पनि काम गर्दै आएको छ । लकडाउन पछि भोका बनेका पशुपन्छी खोजीखोजी आहारा खुवाउने गरेको छ ।

संस्थाले आहारासँगै उद्वार र उपचारको व्यवस्था पनि गरेको छ । लकडाउनका कारण पशुपन्छी खान नपाएर मर्ने नपरोस भन्ने उद्देश्यले आफुहरुले पशुपन्छलाई अन्न दिइरहेका हेल्प नेपाल कञ्चनपुरका अध्यक्ष मदन चन्दले बताए ।

उनले भने ‘मानवमा निर्भर पशुपन्छिहरु भोकै मर्न नपरोस भनेर हामीले महेन्द्रनगर क्षेत्रका पशुपन्छिलाई विगत १८ दिन देखी निरन्तर खाना खुवाइरहेका छौ ।’

Image may contain: one or more people, people standing, sky and outdoor

Image may contain: 1 person, tree, car, plant and outdoor

Image may contain: one or more people, people standing, tree, plant, outdoor and nature

Image may contain: 1 person, riding a horse, tree, sky, outdoor and nature

Image may contain: dog, tree, outdoor and nature

Image may contain: one or more people, people standing, tree and outdoor

Image may contain: one or more people and outdoor

Image may contain: one or more people and outdoor

Image may contain: one or more people, horse, tree, outdoor and nature

Image may contain: 2 people, people standing and outdoor

Image may contain: 1 person, standing and outdoor

Image may contain: one or more people and outdoor

Image may contain: sky and outdoor

ताजा खबर

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण

काठमाडौँ ३० वैशाख  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?