कञ्चनपुरः लकडाउनमा पशुपन्छीका अन्नदाता(फोटो फिचर)

महेन्द्रनगर । विश्व महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस(कोभिड–१९)को रोकथामका लागी एक महिना बढी देखी देश लकडाउन गरीएको छ । लकडाउका कारण सबै प्राणीको जनजिवन प्रभावित बनेको छ ।

दैनिक ज्यालामजदुरी गरी गुजार गर्ने परिवार, घरभाडा गरी पढ्ने विद्यार्थी र छाडा चौपाया तथा अन्य जनावर,चराचुरुङ्गी बढी प्रभावित बनेका छन् ।

यस्तो अवस्थामा मानवलाई सबैले सहयोग गरीरहेका छन् । तर पशुपन्छीलाई पनि खाना चाहिन्छ पशुपन्छीलाई पनि खाना दिनु पर्छ भन्ने तर्फ धेरै कमको ध्यान गएको छ ।

लकडाउनका कारण कञ्चनपुरको महेन्द्रनगर क्षेत्रका बाँदर हुन् या सहरभरका कुकुर, काग, परेवा तथा छाडा पशुचौपायाले आहारा पाउन छाडेका छन् ।

मान्छेको दैनिक गतिविधि ठप्प बन्दा पशुपन्छी भोकै पर्न थाल्येका छन् । यद्यपी सबैको ध्यान मानवजातीलाई राहत बाड्ने तर्फ केन्द्रित भैरहेको अवस्थामा ८/१० जनाको समुह पहेलो जर्सी लगाएर गत १८ दिन देखी पशुपन्छीलाई निरन्तर विभिन्न खानेकुरा बाडीरहेका छन् ।

ती पहेलो जर्सी लगाएका अन्नदातालाई देख्ने वित्तिकै पशुपन्छीहरु यति आत्तिएर उनिहरुतर्फ आउँछन की त्यसले तिनीहरू कति भोकाएका छन् भन्ने देखाइरहेको हुन्छ ।

आहारा बाँड्ने त्यो टोली अशक्त, सुत्केरी र साना सबै पशुपन्छीलाई पनि उत्तिकै आहारा पाउनेगरी बाँडिरहेका हुन्छन् ।

को हो पहेलो जर्सी लगाएको त्यो टोली ?
पहेलो जर्सि लगाएर निरन्तर पशुपन्छीलाई आहारा खुवाउने त्यो हेल्प नेपाल कञ्चनपुरको टोली हो ।

निरन्तर सामाजिक कार्य गर्दै आएको संस्था हेल्प नेपाल कञ्चनपुरले पशुपन्छीको सुरक्षा र अधिकारका विषयमा काम पनि काम गर्दै आएको छ । लकडाउन पछि भोका बनेका पशुपन्छी खोजीखोजी आहारा खुवाउने गरेको छ ।

संस्थाले आहारासँगै उद्वार र उपचारको व्यवस्था पनि गरेको छ । लकडाउनका कारण पशुपन्छी खान नपाएर मर्ने नपरोस भन्ने उद्देश्यले आफुहरुले पशुपन्छलाई अन्न दिइरहेका हेल्प नेपाल कञ्चनपुरका अध्यक्ष मदन चन्दले बताए ।

उनले भने ‘मानवमा निर्भर पशुपन्छिहरु भोकै मर्न नपरोस भनेर हामीले महेन्द्रनगर क्षेत्रका पशुपन्छिलाई विगत १८ दिन देखी निरन्तर खाना खुवाइरहेका छौ ।’

Image may contain: one or more people, people standing, sky and outdoor

Image may contain: 1 person, tree, car, plant and outdoor

Image may contain: one or more people, people standing, tree, plant, outdoor and nature

Image may contain: 1 person, riding a horse, tree, sky, outdoor and nature

Image may contain: dog, tree, outdoor and nature

Image may contain: one or more people, people standing, tree and outdoor

Image may contain: one or more people and outdoor

Image may contain: one or more people and outdoor

Image may contain: one or more people, horse, tree, outdoor and nature

Image may contain: 2 people, people standing and outdoor

Image may contain: 1 person, standing and outdoor

Image may contain: one or more people and outdoor

Image may contain: sky and outdoor

ताजा खबर

निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष पूरा, अनुसन्धान नतिजा शून्य

कञ्चनपुर - कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार...

पर्यावरण संरक्षणका लागी भम्केनी धाममा वृक्षारोपण

कञ्चनपुर - पर्यावरण संरक्षणका लागी कञ्चनपुरको भम्केनी धाम तथा नागार्जुन...

वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा खोकाछाप्रा पीडितकाे माग

कञ्चनपुर-वास्तविक भूमिहिन वस्तिमा डोजर नचलाउन भुमिहीन सुकुम्बासी, मजदुर तथा...

जोगबुढा नदीको विचको भाग सफाई गरिदिन सुन्दरनगरका स्थानीयहरुकाे माग

कञ्चनपुर-दोधारा चादनी नगरपालिका वडा नम्वर ८ सुन्दरनगरका स्थानीयहरुले लामो...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?