यी हुन् विश्वकै धनी युवास्टार

हलिउड । विश्वकै धनाढ्यहरूको सूची सार्वजनिक गर्दै आएको फोर्ब्स म्यागेजिनले हालै युवा अर्बपति स्टारहरूको नाम सार्वजनिक गरेको छ। यो सूचीमा टेलिभिजन स्टार काइली जेन्नर पहिलो स्थानमा छिन्।

स्मरण रहोस्, काइली गएको वर्ष पनि धनाढ्य युवा अर्बपति स्टारको सूचीमा पहिलो स्थानमा नै थिइन्। आफ्नो कडा परि श्रमले काइली सानो उमेरमा नै लगातार दोस्रो पटक विश्वकै धनाढ्य युवा स्टारको सूचीमा छिन्।

काइली गत वर्ष पहिलो पटक अर्बपतिको सूचीमा परेकी थिइन्। गत वर्ष उनको कुल सम्पत्ति ९० करोड डलर थियो। उनी टेलिभिजनसँगै कस्मेटिकको व्यवसाय पनि गर्छिन्। हाल उनको कुल सम्पत्ति एक सय करोड डलर छ। गत वर्ष उनले ६० करोड डलरमा कस्मेटिक्सको ५१ प्रतिशत सेयर ब्युटी कम्पनी कोटीलाई बिक्री गरेकी थिइन्। सन् २०१४ बाट कस्मेटिक व्यापार सुरु गरेकी काइलीले वेवसाइटमार्फत कस्मेटिक सामान बिक्री गर्दै आएकी छन्।

काइलीले आफूलाई कस्मेटिक बजारमा विश्वास भए पनि कहाँसम्म पुग्छु भनेर नसोचेको अभिव्यक्ति दिएकी छन्। विश्वभरका दुई हजार ९५ अर्बपतिमध्ये ३० वर्षभन्दा तलको उमेरका युवा १० जना मात्र छन्। एजेन्सी

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?