यी हुन् विश्वकै धनी युवास्टार

हलिउड । विश्वकै धनाढ्यहरूको सूची सार्वजनिक गर्दै आएको फोर्ब्स म्यागेजिनले हालै युवा अर्बपति स्टारहरूको नाम सार्वजनिक गरेको छ। यो सूचीमा टेलिभिजन स्टार काइली जेन्नर पहिलो स्थानमा छिन्।

स्मरण रहोस्, काइली गएको वर्ष पनि धनाढ्य युवा अर्बपति स्टारको सूचीमा पहिलो स्थानमा नै थिइन्। आफ्नो कडा परि श्रमले काइली सानो उमेरमा नै लगातार दोस्रो पटक विश्वकै धनाढ्य युवा स्टारको सूचीमा छिन्।

काइली गत वर्ष पहिलो पटक अर्बपतिको सूचीमा परेकी थिइन्। गत वर्ष उनको कुल सम्पत्ति ९० करोड डलर थियो। उनी टेलिभिजनसँगै कस्मेटिकको व्यवसाय पनि गर्छिन्। हाल उनको कुल सम्पत्ति एक सय करोड डलर छ। गत वर्ष उनले ६० करोड डलरमा कस्मेटिक्सको ५१ प्रतिशत सेयर ब्युटी कम्पनी कोटीलाई बिक्री गरेकी थिइन्। सन् २०१४ बाट कस्मेटिक व्यापार सुरु गरेकी काइलीले वेवसाइटमार्फत कस्मेटिक सामान बिक्री गर्दै आएकी छन्।

काइलीले आफूलाई कस्मेटिक बजारमा विश्वास भए पनि कहाँसम्म पुग्छु भनेर नसोचेको अभिव्यक्ति दिएकी छन्। विश्वभरका दुई हजार ९५ अर्बपतिमध्ये ३० वर्षभन्दा तलको उमेरका युवा १० जना मात्र छन्। एजेन्सी

ताजा खबर

शान्ति निकेतनका विद्यार्थीलाई विद्यालय झोला वितरण 

कञ्चनपुुरको भीमदत्त नगरपालिका ६ ऐठपुरको शान्ति निकेतन माध्यामिक विद्यालयका...

स्थानीय सरकारले वेवास्ता गरेपछी युवा आफै जुटे सडक मर्मतमा

कञ्चनपुर ३२, असार स्थानीय सरकार तथा सरोकारवाला निकायले वेवास्ता गरेपछी...

कृषिको यथेष्ट तथ्याङ्कमा जोड

कञ्चनपुर, असार ३१ कञ्चनपुरका सरोकारवालाहरुले कृषिकोे यथेष्ट तथ्याङ्कमा जोडदिएका छन...

प्रेस सेन्टरद्वारा घाईते पत्रकार ऐरीको उपचारका लागि आर्थिक सहयोग

सञ्जु महर, असार ३१ कञ्चनपुरका घाईते पत्रकारलाई आर्थिक सहयोग गरिएको...

कञ्चनपुरमा हुने तस्करी सशस्त्र प्रहरीले देखेन, किसानका ६० बिरुवामाथि आँखा गाड्यो ः युवा उद्यमी बम

कञ्चनपुर, ३० असार । कञ्चनपुरका एक स्थानीयले भारतको गोबिन्द बल्लभ...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?