कञ्चनपुरमा कुखुरा पालक किसान आफैले १५ हजार बढी कुखुरा खाल्डोमा पुरे

महेन्द्रनगर । कञ्चनपुरमा १५ हजार बढी ज्यूदै कुखुरा खाल्डोमा पुरेर नष्ट गरीएको छ । लकडाउनले बजार नखुल्दा तथा कुखुराका लागि आवश्यक दाना तथा औषधी अभाव हुँदा कुखुरा पालक किसानहरुले ज्युदैँ कुखुरा खाल्डोमा गाडेका हुन् ।

लकडाउनका कारण बजार, यातायात सबै ठप्प हुदा आफुहरुले कुखुरा ढुवानी गर्न नपाउँदा र दाना अभाव हुदाँ, विक्री गर्न योग्य तयारी कुखुरा खाल्डोमा पुरेर नष्ट गर्नु परेको कुखुरा तथा अण्डा उत्पादन संघ कञ्चनपुरका अध्यक्ष विक्रम नाथले बताए ।

‘लकडाउनले गर्दा कञ्चनपुरमा किसानले १५ हजार बढी कुखुरा खाल्डोमा पुरेर नष्ट गरीसकेका छन् ।’ अध्यक्ष नाथले भने ‘ आज मैले आफैले मेरो ७ सय ८८ तयारी कुखुरा नष्ट गरेको छु र कञ्चनपुरमा कुखुरा नष्ट गर्ने क्रम जारी छ ।’

‘लकडाउनले गर्दा कुखुरा पालक किसान धेरै मारमा परेका छौँ, सामाजिक दूरी कायम गरेर मासु बिक्रीका लागि सहज गरीदिन स्थानीय प्रशासनसित समन्वय गरेपनि सुनुवाई भएन ।’ अध्यक्ष नाथले भने, ‘दाना तथा बजार नपाउँदा नै कुखुरालाई नष्ट गर्नुपर्ने अवस्था आयो ।’

नाथका अनुसार कञ्चनपुरमा हाल ३ लाख ८० हजार पिस बेच्नयोग्य कुखुरा छन् । तर लकडाउले गर्दा ति सबै कुखुरा नष्ट गर्नु पर्ने अवस्था सिर्जना भएको छ ।

दैनिक करोडौँ घाटा
यहाँ कुखुरा पालक किसान, अण्डा उत्पादन तथा ह्याचरी सञ्चालकले दैनिक करोडौँको नोक्सानी व्यहोर्नु परेको जनाएका छन् ।

कुखुरा पालक किसान, अण्डा उत्पादन तथा श्याचरी सञ्चालकले दैनिक ६०/७० लाखको नोक्सानी व्यहोर्नु परेको कुखुरा तथा अण्डा उत्पादन संघ कैलालीका अध्यक्ष पाण्डेले बताए ।

चल्लादेखि सो चल्ला मासुका लागि तयार हुँदासम्म एउटा कुखुरामा चार सय देखि पाँच सय रुपैयाँसम्म लागत लाग्ने गरेको छ ।

कैलालीमा हाल दुई लाख भन्दा बढि कुखुरा मासुका लागि तयार छन् । कुखुरा बिक्रि नहुँदा किसानको लागत डुब्ने खतरा बढेको छ ।

यता कञ्चनपुरमा पनि मासुका लागि तयार चार लाख कुखुरा बिक्रि हुन नपाउँदा कुखुरा पालक किसानले करिब २२ लाख नोक्सानी व्यहोर्नु परेको कुखुरा तथा अण्डा उत्पादन संघ कञ्चनपुरका अध्यक्ष नाथले बताए ।

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?