अदृष्य विश्व युद्धःमै हु भन्ने राष्ट्र पनि पराजित

-नरेन्द्र भाट
कोरोना भाइरस(कोभिड–१९) ले विश्व जगतलाई नै महामारीको रुपबाट दिनप्रती दिन कम्जोर पार्दै गइरहेको छ । उक्त महासंकटको सामना गर्नु भनेको कुनै बिगतका विश्व युद्ध भन्दा कम छैन । विश्व युद्धहरुमा जे पनि खुल्ला रुपले हुने गर्दथ्यो । जस्तो सुकै आधुनिक हातहतियार चलाए पनि हामी सजिलै देख्न, सुन्न र सके सम्म प्रतिरोध गर्न सक्थ्यौ तर अहिलेको विश्वव्यापी रुपमा देखा परेको कोरना भाइरसको संक्रमणलाई न त हामी देख्न सक्छौ न त आएको थाहा नै पाउन सक्छौ । यसले त केवल मानव जातिलाई संक्रमण सुरु भएको दिन देखि कम्तीमा पनि १४ दिन सम्म एकोहोरो प्रहार गर्नुका साथै एक व्यक्तिबाट अन्य व्यक्तिमा छोएको भरमा या तरल पदार्थ परेको भरमा संक्रमण निरन्तर चलाईरहेको हुन्छ । त्यसकारण यसलाई हातहतियार बिनाको अदृश्य तरिकाको अघोषित तेस्रो विश्व युद्ध नै हो भन्दा पनि कम हुन जान्छ । विश्वमा आफुलाई हरेक क्षेत्रमा अब्बल छु भन्दै आएका विकसित राष्ट्रहरु जस्तैः अमेरिका, इटली, फ्रान्स लगाएत अन्य युरोपेली राष्ट्रहरु पनि यति बेला सबै भन्दा बढी महासंकटको भुमरीमा परेका छन् । कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको छ ,भने संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दै गइरहेको छ । उक्त महासंकटको सामना गरि कोरना भाइरसलाई पराजित गर्ने राष्ट्र चीन मात्र रहेको छ । कोरोना भाइरसको सुरुवात पनि चीनको वुहान भन्ने ठाउबाट नै भएको थियो । विश्वव्यापी रुपमा भइरहेको महासंकटलाई रोक्ने वा जित्न सक्ने तत्काललाई एउटा मात्र आधार भनेको घरमै बस्ने, सरसफाइ र खान पिनमा विशेष ध्यान दिने र देशविदेश बाट आएका जनताहरुलाई अनिवार्य १४ दिन सम्म क्वारेन्टीनमा राख्नु हो । वर्तमान समयमा सरकार वा प्रशासनले पूर्ण रुपमा देशलाई लकडाउन गरेको छ, र समय परिस्थिति अनुसार थप्दै जानु पनि पर्दछ । तर अत्यावश्यक सामाग्रीहरुको पूर्ती गर्ने विषय होस् वा अन्य कुनै आवश्यक कामको विषयमा सरकार गम्भीर हुन जरुरी छ । किनकी कुनै मान्छेले खाना खान नपाएर वा उपचार(औषधी) गर्न नपाएर ज्यान गुमायो भन्ने समाचार कसैले सुन्न र त्यो पीडा कसैले भोग्न नपरोस । हाम्रो देशको सन्दर्भमा हेर्ने हो भने भारतबाट या अन्य देशहरुबाट आफ्नो देश आउने चाहाना हुदाहुँदै पनि नेपाली नागरीकहरु अर्काको देशमा भोकभोकै नरकको जीवन बाँचीरहेका छन् । उक्त समस्यालाई तत्काल समाधान गर्न सम्बन्धित देशसंग समन्वय गरी सुविधायुक्त क्वारेन्टाइनमा राख्न सकिन्छ । यदी त्यस्तो गर्न सकिन्न भने उनिहरुपनि नेपाली हुन् त्यसैले तत्काल नै आफ्नो उहाँहरुलाई आफ्नो देशमा ल्याउने व्यवस्था मिलाई सुविधा युक्त क्वारेन्टीनमा अनिवार्य १४ दिन राख्नु पर्छ । विश्व नै माहामारिको चपेटोमा परेको अवस्थामा हाम्रो देशमा पनि यो महासंकटको घडिमा कसैले पनि कुनै राजनितीक पार्टी, संगठनको रङ्ग नदेखाइ मानविय धर्मका आधारमा देश र जनताको स्वास्थ्य सुरक्षाका लागी आ–आफ्नो तह वा क्षेत्रबाट जे जति सकिन्छ सहयोग गर्नु नै वर्तमान आवश्यकता हो । यस्तो अवस्थामा सर्वप्रथम सरकार सक्रिय हुन जरुरी छ । जनताले पनि सरकारको निर्णय पालना गर्न सक्नु पर्छ । कोरोना भाइरसको संक्रमणबाट बच्न अनावश्यक रुढीबादी हल्लाको पछि नलागी घरमै बस्ने, खानपिन र सरसफाइमा विशेष ध्यान दिने र सरकारको निर्णय सबैले पालना गर्ने र कोरोना भाइरस(अघोषित तेस्रो विश्व युद्ध)संग लड्न हामी सबै एक जुट हुनु पर्छ् ।

ताजा खबर

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय 

काठमाडौँ, ७ जेठ  शिक्षा तथा खेलकुद मन्त्रालयले आगामी असार १...

विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रिया

काठमाडौँ, ५ जेठ विभिन्न विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने...

कलाकर्मी तथा समाजसेवी चन्दद्वारा बृद्धाआश्रममा  खाद्यान्न सहयोग

कञ्चनपुर ०२ जेष्ठ कलाकर्मी तथा समाजसेवी गोरख बहादुर चन्दले कञ्चनपुरको...

महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको अवसरमा अन्तर्राष्ट्रिय सेमिनार आयोजना

कञ्चनपुर ०१ जेठ महाकाली साहित्य संगमको ३५ औँ संगम दिवसको...

दोधाराचाँदनीमा शारीरिक अपाङ्गता सहायक सामाग्री चेकजाचँ शिविर 

कञ्चनपुर ३१ बैशाख  कञ्चनपुरको एक नगरपालिकाले शारीरिक अपाङ्गता सहायक सामाग्री...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?