कञ्चनपुरः घरभित्रै श्रीमान श्रीमती मृ*त भेटिए, ह*त्याको आशंका

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा एक दम्पतीको रताम्मय अवस्थामा आफनै घरमा शव भेटिएको छ ।

बिहिवार शुक्लाफाँटा नगरपालिका–११ स्थित आफ्नै घरमा ५२ वर्षीय जयलाल भण्डारी र २५ वर्षीय धनादेवी भण्डारी मृत अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए ।

श्रीमान र श्रीमती दुवैको मृत भेटिएको घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ । हत्याको आशंका गरिएको छ । शुक्लाफाँटा नगरपालिका–११ स्थित आफ्नै घरको भान्सा कोठामा श्रीमती र कोठाको पलङमा श्रीमान मृत शव भेटिएको हो ।

‘घटना शंकास्पद देखिन्छ, हत्या हो कि भन्ने कोणबाट अनुसन्धान गर्दै छौँ ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरक्षक सुरज कार्कीले भने, ‘धनगढीबाट कुकुर ल्याएर अनुसन्धान गर्दै छौँ ।’

उनका अनुसार मृतकहरुको घाँटीमा चोट छ । मृतक जयलालले धनादेवीसंग दोस्रो बिहे गरेका थिए ।

उनको पहिलो श्रीमतीको मृत्यु पछि धनादेवीसंग बिहे गरेका हुन । पहिलो श्रीमतीबाट ७ वर्षको एक बच्चा छ ।



ताजा खबर

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?