कञ्चनपुरः घरभित्रै श्रीमान श्रीमती मृ*त भेटिए, ह*त्याको आशंका

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ मा एक दम्पतीको रताम्मय अवस्थामा आफनै घरमा शव भेटिएको छ ।

बिहिवार शुक्लाफाँटा नगरपालिका–११ स्थित आफ्नै घरमा ५२ वर्षीय जयलाल भण्डारी र २५ वर्षीय धनादेवी भण्डारी मृत अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए ।

श्रीमान र श्रीमती दुवैको मृत भेटिएको घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ । हत्याको आशंका गरिएको छ । शुक्लाफाँटा नगरपालिका–११ स्थित आफ्नै घरको भान्सा कोठामा श्रीमती र कोठाको पलङमा श्रीमान मृत शव भेटिएको हो ।

‘घटना शंकास्पद देखिन्छ, हत्या हो कि भन्ने कोणबाट अनुसन्धान गर्दै छौँ ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरक्षक सुरज कार्कीले भने, ‘धनगढीबाट कुकुर ल्याएर अनुसन्धान गर्दै छौँ ।’

उनका अनुसार मृतकहरुको घाँटीमा चोट छ । मृतक जयलालले धनादेवीसंग दोस्रो बिहे गरेका थिए ।

उनको पहिलो श्रीमतीको मृत्यु पछि धनादेवीसंग बिहे गरेका हुन । पहिलो श्रीमतीबाट ७ वर्षको एक बच्चा छ ।



ताजा खबर

भीमदत्तको विकास र सुशासनमा युवा समाजसेवी ऐरीको निरन्तर खबरदारी

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का युवा समाजसेवी दीपेन्द्र सिंह ऐरी...

महिला सशक्तीकरण केन्द्रमार्फत समुदायका समस्या समाधानका लागि सरोकारवालासँग पैरवी बैठक

कञ्चनपुर, १४ भदौ । समुदायमा रहेका समस्या पहिचान तथा समाधानका...

बाढी प्रभावितका लागि उदयदेव बहुउद्देश्यीय सहकारीद्वारा २ लाख ११ हजार सहयोग

महेन्द्रनगर । रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा आएको...

जन्मदिनको अवसरमा कलौनी दाजुभाईको बाढी पिडितलाई आर्थिक सहयोग

कञ्चनपुर -बाढीपीडितका लागि ३६ हजार ५ सय ५५ कञ्चनपुर...

भोटेकोशी बाढीपीडितका लागि चिया कफी दरबारको रु. ५१ हजार सहयोग

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?