कञ्चनपुर पर्यटन महोत्सवः मेलीना राईले नचाईन महेन्द्रनगरका दर्शक[भिडियोे]

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित खुल्ला मञ्चमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव २०७६ मा आज(बुधवार) चर्चित गायिका मेलीना राईले उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिलाएकी छन् ।

मेलीना आउने भनेपछि महोत्सवमा अरु दिनको तुलनामा बुधवार बढी भीड देखीएको थियो । महोत्सवमा चर्चित गायिका मेलीना राईको पर्खाइमा विहानै देखी बसिरहेका हजारौँ दर्शकले अपरान्ह चार बजे जब मेलीनालाई स्टेजमा देखेपछि महोत्सवको माहोल तातेको थियो ।

‘विजुलीको तार तार, तीन वर्षमा एक पल्टनी गाँउमा नआउने, कुटुमाकुटु सुपारी दाना,टिकटकमा देखेको, एक कान दुई कान मैदान भैदियो, बिस्तारैमा यो ज्यान लाई सम्झेर च्याप्छौ सिरानी’ लगायत बोलका दर्जन बढी चर्चित गीतबाट मेलीनाले दर्शकलाई झुमाएकी थिइन् ।

मेलीनाको हरेक गीतको सुरुवातमै दर्शकहरुले ताली, हुटिङका साथ नाच्दै साथ दिएका थिए । मेलीनाको प्रस्तुती सकिए पछि पनि दर्शकहरुको वान्स मोर, वान्स अगेन लगाएतको आवाज गुञ्जिरहेको थियो ।

महोत्सवमा प्रिति तामाङ लगाएत अन्य स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहेको थियो ।

त्यस्तै भोली(विहिवार) चर्चित गायक शिव परियार लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहने महोत्सव सचिवालयले जनाएको छ ।

Gepostet von Devendra Khadka am Mittwoch, 26. Februar 2020

ताजा खबर

भीमदत्तको विकास र सुशासनमा युवा समाजसेवी ऐरीको निरन्तर खबरदारी

कञ्चनपुर-कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का युवा समाजसेवी दीपेन्द्र सिंह ऐरी...

महिला सशक्तीकरण केन्द्रमार्फत समुदायका समस्या समाधानका लागि सरोकारवालासँग पैरवी बैठक

कञ्चनपुर, १४ भदौ । समुदायमा रहेका समस्या पहिचान तथा समाधानका...

बाढी प्रभावितका लागि उदयदेव बहुउद्देश्यीय सहकारीद्वारा २ लाख ११ हजार सहयोग

महेन्द्रनगर । रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा आएको...

जन्मदिनको अवसरमा कलौनी दाजुभाईको बाढी पिडितलाई आर्थिक सहयोग

कञ्चनपुर -बाढीपीडितका लागि ३६ हजार ५ सय ५५ कञ्चनपुर...

भोटेकोशी बाढीपीडितका लागि चिया कफी दरबारको रु. ५१ हजार सहयोग

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?