कञ्चनपुर पर्यटन महोत्सवः मेलीना राईले नचाईन महेन्द्रनगरका दर्शक[भिडियोे]

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगर स्थित खुल्ला मञ्चमा जारी सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव २०७६ मा आज(बुधवार) चर्चित गायिका मेलीना राईले उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिलाएकी छन् ।

मेलीना आउने भनेपछि महोत्सवमा अरु दिनको तुलनामा बुधवार बढी भीड देखीएको थियो । महोत्सवमा चर्चित गायिका मेलीना राईको पर्खाइमा विहानै देखी बसिरहेका हजारौँ दर्शकले अपरान्ह चार बजे जब मेलीनालाई स्टेजमा देखेपछि महोत्सवको माहोल तातेको थियो ।

‘विजुलीको तार तार, तीन वर्षमा एक पल्टनी गाँउमा नआउने, कुटुमाकुटु सुपारी दाना,टिकटकमा देखेको, एक कान दुई कान मैदान भैदियो, बिस्तारैमा यो ज्यान लाई सम्झेर च्याप्छौ सिरानी’ लगायत बोलका दर्जन बढी चर्चित गीतबाट मेलीनाले दर्शकलाई झुमाएकी थिइन् ।

मेलीनाको हरेक गीतको सुरुवातमै दर्शकहरुले ताली, हुटिङका साथ नाच्दै साथ दिएका थिए । मेलीनाको प्रस्तुती सकिए पछि पनि दर्शकहरुको वान्स मोर, वान्स अगेन लगाएतको आवाज गुञ्जिरहेको थियो ।

महोत्सवमा प्रिति तामाङ लगाएत अन्य स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहेको थियो ।

त्यस्तै भोली(विहिवार) चर्चित गायक शिव परियार लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहने महोत्सव सचिवालयले जनाएको छ ।

Gepostet von Devendra Khadka am Mittwoch, 26. Februar 2020

ताजा खबर

जेन्जि आन्दोलनमा सहिद भएका जाेशीकाे परिवारलाई युवाहरुबाट संकलित रकम हस्तान्तरण 

महेन्द्रनगर,२८ कार्तिक। गत २३ र २४ गते भदाै काठमाडौमा भएको...

एलबिएद्धारा पत्रकार महासंघका अध्यक्ष धामीलाई उपचार खर्च

धर्मराज कठायत, कार्तिक २७ कञ्चनपुरको एक संस्थागत (निजी) विद्यालयले नेपाल...

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?