१३ किलोग्राम लागुऔषधसहित सातजना पक्राउ

रुकुम । रुकुम पश्चिम प्रहरीले ठूलो मात्रामा अवैध लागुऔषध चरेस तथा ट्याब्लेटसहित ७ जनालाई पक्राउ गरेको छ। जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले लागुऔषध चरेस र ट्याब्लेटसहित ७ जनालाई पक्राउ गरेको जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीकाअनुसार १४ किलो तीन ग्राम चरेससहित पाँचजना र लागुऔषध ट्याब्लेटसहित दुईजना पक्राउ परेका छन् ।

जिल्लाको आठविसकोट नगरपालिका १४ छेपारेबाट १३ किलो चरेससहित सोही नगरपालिका ११ का २८ वर्षीय बिमलकुमार शाही, बाँफिकोट गाउँपालिका ८ दुलीका २३ वर्षीय लक्ष्मण केसी र गाउँपालिका ५ काँडाका ३१ वर्षीय महेन्द्र केसी तथा सानीभेरी गाउँपालिका ४ गोलचौरका २८ वर्षीय बसन्त भन्ने बलबहादुर चन्द पक्राउ परेका हुन्।

यस्तै गत आइतबार जिल्लाको त्रिवेणी गाउँपालिका झुल्नेटाबाट एक किलो तीन सय ग्राम चरेससहित एकजनालाई पक्राउ गरेको डीएसपी केसीले जानकारी दिए ।

झुल्नेटाबाट रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका १० घुम्लिबाङका १९ वर्षीय सिलास बुढालाई पक्राउ गरेको उनले बताए । उक्त दिन सोही ठाउँबाट पाँच सय वटा लागुऔषध ट्याब्लेटसहित जिल्लाको मुसिकोट नगरपालिका ३ का विष्णु कसेरा र रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका १४ नाखाका १९ वर्षीय गायस पुनलाई पक्राउ गरिएको डीएसपी केसीले जानकारी दिए ।

जिल्लामा अवैध लागुऔषध नियन्त्रण गर्न प्रहरीले पछिल्लो सयम विशेष योजना बनाएर काम गर्दै आएको उनले बताए । जिल्लामा लागुऔषध कारोबार अत्याधिक हुने गरेकाले यसलाई न्युनिकरणका साथै कानुनी कारबाही गर्नका लागि प्रहरीले सक्रियता देखाएको छ ।

ताजा खबर

संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने जोड

कञ्चनपुर ०३ असोज संविधान दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला...

चार करोडको लागत अनुमानमा बनेको संग्रहालय प्रयोगविहीन

कञ्चनपुर, ३० भदौ । राज्यको करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका...

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व :

सुदूरपश्चिमेली महिलाहरूको महान् चाड गौरापर्व : सर्वप्रथम त यही २०८३...

गुरुकुलमा ‘दिव्य श्रीकृष्ण लीला गौरापर्व’ धार्मिक महोत्सव हुँदै

कञ्चनपुर, १७ भदौ । धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि, सनातन...

बाढीपीडितका लागि लिटिल बुद्ध एकेडेमीको ८ लाख २५ हजार सहयोग

कञ्चनपुर १७ भदौ विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै कञ्चनपुरको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?