१३ किलोग्राम लागुऔषधसहित सातजना पक्राउ

रुकुम । रुकुम पश्चिम प्रहरीले ठूलो मात्रामा अवैध लागुऔषध चरेस तथा ट्याब्लेटसहित ७ जनालाई पक्राउ गरेको छ। जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले लागुऔषध चरेस र ट्याब्लेटसहित ७ जनालाई पक्राउ गरेको जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीकाअनुसार १४ किलो तीन ग्राम चरेससहित पाँचजना र लागुऔषध ट्याब्लेटसहित दुईजना पक्राउ परेका छन् ।

जिल्लाको आठविसकोट नगरपालिका १४ छेपारेबाट १३ किलो चरेससहित सोही नगरपालिका ११ का २८ वर्षीय बिमलकुमार शाही, बाँफिकोट गाउँपालिका ८ दुलीका २३ वर्षीय लक्ष्मण केसी र गाउँपालिका ५ काँडाका ३१ वर्षीय महेन्द्र केसी तथा सानीभेरी गाउँपालिका ४ गोलचौरका २८ वर्षीय बसन्त भन्ने बलबहादुर चन्द पक्राउ परेका हुन्।

यस्तै गत आइतबार जिल्लाको त्रिवेणी गाउँपालिका झुल्नेटाबाट एक किलो तीन सय ग्राम चरेससहित एकजनालाई पक्राउ गरेको डीएसपी केसीले जानकारी दिए ।

झुल्नेटाबाट रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका १० घुम्लिबाङका १९ वर्षीय सिलास बुढालाई पक्राउ गरेको उनले बताए । उक्त दिन सोही ठाउँबाट पाँच सय वटा लागुऔषध ट्याब्लेटसहित जिल्लाको मुसिकोट नगरपालिका ३ का विष्णु कसेरा र रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका १४ नाखाका १९ वर्षीय गायस पुनलाई पक्राउ गरिएको डीएसपी केसीले जानकारी दिए ।

जिल्लामा अवैध लागुऔषध नियन्त्रण गर्न प्रहरीले पछिल्लो सयम विशेष योजना बनाएर काम गर्दै आएको उनले बताए । जिल्लामा लागुऔषध कारोबार अत्याधिक हुने गरेकाले यसलाई न्युनिकरणका साथै कानुनी कारबाही गर्नका लागि प्रहरीले सक्रियता देखाएको छ ।

ताजा खबर

मात्तिएका वनका हाकिमद्वय भट्ट र कँडेल सामु सुप प्रदेश सरकार निरही ! 

कञ्चनपुर, पुष ८ सुदूरपश्चिम प्रदेश सरकारलाई नटेर्ने वनका दुई शक्तिशाली...

नेकपा कञ्चनपुरको एकता सन्देश सभा ः देशभर तारा चम्काउने घोषणा 

सञ्जु महर कञ्चनपुर ०८ पाैष नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला पाटी...

निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकारमा भुपी उपाध्याय नियुक्त

भुपी उपाध्याय कञ्चनपुर ७ महेन्द्रनगर निर्माण व्यवसायी संघ कञ्चनपुरको प्रेस सल्लाहकार...

बेलडाँडीका समाजसेवी ‘सिताराम’ रहेनन् 

केशव थापा  कञ्चनपुर, ६ पुष  कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका समाजसेवी धनसिह...

पुष ७ झलारीमा नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले एकता सन्देश सभा गर्दै

रमेश प्रशाद भट्ट कञ्चनपुर, पुष ६ नेपाली कम्युनिष्ट पाटी कञ्चनपुरले जिल्ला...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?