गोलीगठ्ठा नेपालमै उत्पादन गर्ने तयारी

काठमाडौं । नेपाली सेनाले १० हजार बुलेट नमुना परीक्षण गर्न दक्षिण कोरिया पठाउने भएको छ। सेनाले नेपालमै गोली उत्पादन गर्न ‘एम्यूनिसन प्लान्ट’ खरिद गर्दै छ। उपयुक्त मेसिन अर्डरका लागि बुलेटको नमुना पठाउन लागेको हो। ५ दशमलव ५६ मिलिमिटर क्यालिबरको बुलेट ज्याकेट कप परीक्षण गर्न कोरियामा पठाउन लागिएको हो।

२०७३ साउन ७ मा मन्त्रिपरिषद्ले नयाँ एम्युनिसन उत्पादन प्लान्ट, डेटोनेटर प्लान्टलगायत स्थानान्तरण र स्थापना गर्न १४ अर्ब ७५ करोड रुपैयाँको सहमति दिएको थियो। गत वर्ष मंसिरमा अर्थ मन्त्रालयले सेनालाई ७।६२ एमएमको एम्यूनिसन प्लान्ट स्थापना गर्न दुई अर्ब ४५ करोड रुपैयाँ निकासा दिएको थियो। सेनाले १० हजार गोलीगठ्ठाको परीक्षण सफल देखिएमा स्वदेशमै गोलीगठ्ठाको उत्पाद नहुने बताएको छ। उक्त गोलीगठ्ठा परीक्षणपछि सोही आधारमा मेसिन आपूर्ति हुनेछ।

यो प्लान्ट सेनाले कोरियाली कम्पनी पुङसान कर्पोरेसनमार्फत खरिद गर्न लागेको हो। सन् २०१८को जुन ३ मा भएको सम्झौताअनुसार गोलीको नमुना परीक्षणको खर्च उत्पादक कम्पनी आफैले बेहोर्नेछ। गत जनवरी २३ मा कम्पनीले परीक्षणको खर्च आफैले बेहोर्ने जानकारी गराइसकेको छ।

नमुना परीक्षणपछि गोलीगठ्ठा पुनःप्रयोगमा ल्याउन नमिल्ने सेनाले जानकारी दिएको छ। सेनाले सुन्दरीजल आर्सनल कार्यालयमा प्रयोग भइरहेको ५।५६ एमएम बुलेटको नमुना पठाउनेछ।

बुलेटका नमुना उत्पादक कम्पनीमै पठाइ सोही नमुनाअनुसार मेसिन तयार गरिनेछ। नेपाली सेनाले गोलीगठ्ठा भन्सार महसुल र मूल्य अभिवृद्धिर छुटमा कोरिया पठाउन अर्थ मन्त्रालयसँग स्वीकृति मागेको छ। पत्राचार गर्दै भनेको छ, ’ठूलो मात्रामा नमुना परीक्षण गर्दा प्रभावकारी नतिजा आउनुका साथै डिजाइनिङ फेलरको दर समेत घटाउन सकिन्छ।’ दीर्घकालीन रूपमा आउन सक्ने परिणामको बृहत तथा सूक्ष्म अध्ययन गर्दै सम्भावित समस्या न्यूनीकरण गर्न सकिने उसको भनाइ छ।

डेढ वर्षदेखि सेनाले एम्युनिसन प्लान्ट खरिदका लागि प्रक्रिया चलाइरहेको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए। उनले भने, ‘अहिले एम्युनिसन प्लान्ट खरिद प्रक्रियामै छ।’ स्मल आम्सका लागि आवश्यक सामग्रीमध्ये ७० प्रतिशत सेना आफैले बनाउने गरेको छ। ठूला हातहतियारमा लाग्ने गोलीगठ्ठा विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ। गोली सुन्दरीजलमा, विस्फोटक पदार्थ मकवानपुरको सुनाचरी इमल्सन प्लान्टमा, र हाते बम भीमफेदीमा उत्पादन भइरहेको छ। त्यस्तै बारुद स्वयम्भूको बारुदखानामा उत्पादन हुन्छ। स्वदेशमै उत्पादन गर्दा सस्तो पर्नुका साथै गोपनियताको दृष्टिले भरपर्दो हुने नेपाली सेनाको बुझाइ छ।

ताजा खबर

शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्त

काठमाडौं, ८ जेठ  शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र...

लिटिल बुद्ध एकेडेमीद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान, दुई जनाले ल्याए फोर जीपीए‘, ए प्लसु सुदूरपश्चिममै बढी

कञ्चनपुर ०९ जेठ कञ्चनपुरको महेन्द्रनगरस्थित अग्रणी शैक्षिक संस्था लिटिल बुद्ध...

दिगो गाईभैसी पालनसम्बन्धी एकदिने शिविर तथा पशु औषधि वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर, ९ जेठ खप्तड कृषि सहकारी संस्थाले भेटेरिनरी तथा पशु...

जापान कराते डो कोशिकाई सितोरियो संघ नेपाल द्धारा प्रथम रेफ्री सेमिनार सम्पन्न

कञ्चनपुर ०८ चैत्र जापान कराते डो कोशिकाई सितोरियो संघ नेपालले...

प्रभावकारी बन्दै स्वीट नेपाल द्धारा संचालित कानुनी सेवा सहायता परियोजना प्रभावकारी

कञ्चनपुर ०८ जेठ कञ्चनपुरमा रहेको स्विट नेपालले भीमदत्त नगरपालिकामा सञ्चालन...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?