कञ्चनपुरमा ७०औँ प्रहरी दिवस ः उत्कृष्ठ काम गर्ने प्रहरी जवान देखि अधिकृत सम्मका पुरस्कृत

रमेश प्रशाद भट्ट

कञ्चनपुर, ३१ असोज

सुदूरपश्चिम प्रदेश सीमावर्ती कञ्चनपुर जिल्लामा कार्यरत उत्कृष्ठ प्रहरी कर्मचारीहरुलाई सम्मान गरिएको छ । जिल्लाका विभिन्न कार्यालय एव युनिटमा कार्यरत ७ प्रहरी कर्मचारीहरुलाई सम्मान गरिएको हो । शुक्रबार ७०औँ प्रहरी दिवसको अवसरमा संगठनले दिएको जिम्मेबारी कुसलतापुर्वक जिम्मेबारी निर्वाह गर्ने प्रहरी अधिकृतदेखि जवानसम्मै सम्मानित भएका हुन । जिल्ला प्रहरी कञ्चनपुर प्रहरीका प्रवक्ता सागर बोहराले उत्कृष्ट कामकाज सम्पादन गर्ने प्रहरीलाई सम्मान गरिएको बताए । प्रवक्ता बोहराले प्रहरी जवानदेखि प्रहरी अधिकृतसम्मकै कर्मचारी रहेको बताए । प्रवक्ता बोहराका अनुसार प्रहरी निरीक्षक बीर बहादुर बोहरा, प्रहरी सहायक निरीक्षकद्वय सुरेन्द्र सिह धामी,ललित बहादुर बटाला,बरिष्ठ हबल्दारद्वय दिपक विष्ट,कृष्णदेव पन्त, सहायक हबल्दार सुबास प्रशाद भट्ट र प्रहरी जवान महेश सिह बोहरालाई नगदका साथै प्रमाणपत्र प्रदान गरेर पुरस्कृत सम्मान गरिएको छ । बरिष्ठ प्रहरी हबल्दार विष्टलाई सुप प्रदेश प्रहरी कार्यालय र अन्यलाई जिल्ला प्रहरी कार्यायबाटै सम्मान गरिएको जनाईएको छ । यसका साथै दिवसको अवसमा आन्तरिक प्रतियोगितामा विजेताहरुलाई समेत पुरस्कृत गरिएको छ । पुरस्कृत भएका प्रहरी जवानदेखि अधिकृतहरुले सम्मान पुरस्कारबाट उत्साहित भएको बताउँदै संगठनले आगामी दिनमा दिने जिम्मेबारी थप प्रभावकारी गर्ने प्रतिबद्धता जाहेर गरेको जनाएका छन । कञ्चनपुरका प्रहरी प्रमुख खडक बहादुर खत्रीले संगठनको नीति, कार्यक्रम अनुरुप जिल्लामा कार्यरत प्रहरीको कामकाजको मुल्याङकनका आधारमा पुरस्कृत एव सम्मानित गरेको बताए । एसपी खत्रीले पुरस्कृत सहित अन्य प्रहरी कर्मचारीहरुलाई आगामी दिनमा शान्ति सुरक्षाका कामकाज सम्पादनमा सकृयतापुर्वक कामकाज गर्न समेत निर्देशन दिएका छन । एसपी खत्रीले यस बर्षको प्रहरी दिवस विगत भन्दा पृथकशैलीमा मनाईएको बताए । प्रहरी दिवस मनाउन मातहतका कार्यालय, युनिटका इन्चार्जदेखिका कर्मचारी जिल्ला आएका थिए । एसपी खत्रीले जिल्लाको शान्ति सुरक्षा चुस्तदुरुस्त बनाउनका लागि खत्रोरात्र खटिने प्रतिबद्धता जाहेर गरेका छन । पछिल्ला दिनहरुमा कञ्चनपुरमा चोरी,तस्करी, लाग औषध जस्ता अपराधमा संलग्नमाथि प्रहरीले कार्बाही दुत गतिमा अघि बढाएको छ ।

ताजा खबर

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

कञ्चनपुर १२ भाद्र कञ्चनपुर उद्योग वाणिज्य संघले व्यवसायीको हित तथा...

बजेट अभावको असर : महाकाली आयुर्वेदिक औषधालयमा औषधि अभाव, सेवाग्राही मर्कामा

कञ्चनपुर १२ भाद्र सुदूरपश्चिम प्रदेश सरकार बजेट अभावको अवस्थामा रहेका...

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

कञ्चनपुर - रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका...

अनाथालयका बालबालिकालाई राखी बाँधेर सोरा चन्दले मनाइन् रक्षाबन्धन

कञ्चनपुर १२ भाद्र रक्षाबन्धन दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र...

रसुवा बाढी पीडितका लागि प्रिन्सिपल मौनी द्वारा आर्थिक सहयोग

कञ्चनपुर ११ भाद्र विपदमा परेका नागरिकको पीडामा साथ दिँदै लिटिल...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?