वडा सदस्यको शोकमा गाउँपालिकामा बिदा

बैतडी । वडा सदस्यको शोकमा सिगास गाउँपालिकाले एक दिन शोक मनाउने भएको छ। वडा नम्बर ८ की वडा सदस्य सुरजादेवी दमाईको आइतवार निधन भएको थियो।

सोमवार बसेको गाउँकार्यपालिका बैठकले मंगलवार एक दिन गाउँपालिकामा बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिए। मंगलबार गाउँपालिकाका सम्पूर्ण कार्यालयहरु बन्द रहने छन्।

यसका साथै मृतक दमाईका परिवारलाई किरिया खर्चबापत २५ हजार रुपैयाँ दिने निर्णय समेत गरेको छ।

लामो समयदेखि श्वासप्रश्वासकी बिरामी रहेकी वडा सदस्य तथा कार्यपालिका सदस्य दमाईको आइतवार ४८ वर्षको उमेरमा घरमै निधन भएको हो।

उनी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएकी थिइन्।

 

ताजा खबर

सुदूरपश्चिममा ओल्के पर्वको रौनक, मौलिक संस्कृति र आत्मीयताको उत्सव

कञ्चनपुर १ भाद्र सुदूरपश्चिम प्रदेशको मौलिक लोकपर्व ओल्के आज प्रदेशभर...

द्वन्द्वपीडित महिलाको जीविकोपार्जनमा सहयोग, छुटेका पीडितलाई समेट्ने प्रतिबद्धता

कञ्चनपुर, ३१ साउन नागरिक आवाज र ग्लोबल सर्भाइभर्स फन्डको सहकार्यमा...

कञ्चनपुरमा द्रुत डाँक सेवा विस्तारको तयारी, हुलाकलाई आधुनिक र व्यवसायमैत्री बनाउने लक्ष्य

कञ्चनपुर, २८ साउन । परम्परागत हुलाक सेवालाई समयअनुकूल, आधुनिक तथा...

सरकारका प्रवक्ता र मिडिया हाउसका सम्पादकबीच छलफल

काठमाडौँ, २५ साउन  सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित...

सामुदायिक वन दिवसमा कञ्चनपुरमा वृक्षारोपण, वन संरक्षणमा सबैको सहकार्य आवश्यक

कञ्चनपुर,२५ साउन सामुदायिक वन दिवस २०८३ को अवसरमा कञ्चनपुरका विभिन्न...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?