वडा सदस्यको शोकमा गाउँपालिकामा बिदा

बैतडी । वडा सदस्यको शोकमा सिगास गाउँपालिकाले एक दिन शोक मनाउने भएको छ। वडा नम्बर ८ की वडा सदस्य सुरजादेवी दमाईको आइतवार निधन भएको थियो।

सोमवार बसेको गाउँकार्यपालिका बैठकले मंगलवार एक दिन गाउँपालिकामा बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिए। मंगलबार गाउँपालिकाका सम्पूर्ण कार्यालयहरु बन्द रहने छन्।

यसका साथै मृतक दमाईका परिवारलाई किरिया खर्चबापत २५ हजार रुपैयाँ दिने निर्णय समेत गरेको छ।

लामो समयदेखि श्वासप्रश्वासकी बिरामी रहेकी वडा सदस्य तथा कार्यपालिका सदस्य दमाईको आइतवार ४८ वर्षको उमेरमा घरमै निधन भएको हो।

उनी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएकी थिइन्।

 

ताजा खबर

शिक्षक महासंघद्वारा बेदकोट नगरलाई ज्ञापन

कञ्चनपुर, २ असार । नेपाल शिक्षक महासंघले कञ्चनपुरकोे एक स्थानीय...

सडक विभागका सहसचिव खत्रीको यस्तो दावि महाकाली पुलको पुरानो डिजायन फेल भयो, नयाँ मैले ल्याएको हुँ

कञ्चनपुर, २ असार  गत बर्ष वाढीले भत्काएको महाकाली चारलेनको गाईडबण्ड...

लोक सेवा आयोगको हाजिरीजवाफ प्रतियोगितामा लक्ष्मी मावि बागफाँटा प्रथम 

शुनिल राना, कञ्चनपुर १ असार  लोक सेवा आयोगकोे ७५औँ बार्षिकोत्सव...

तिलाचौरका समाजसेवी युवा उद्यमी देउवाले बनाईदिए निजी लगानीमा खानेपानी योजना 

सन्जु महर कञ्चनपुर, ३० जेठ कञ्चनपुरका एक युवाले निजी लगानीमा खानेपानी...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?