महेन्द्रनगरमा कात्तिक ५ देखि रामलीला महोत्सव, बाढीपीडितलाई सहयोग गरिने

कञ्चनपुर ३१ असोज
कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा आगामी कात्तिक ५ गतेदेखि १८ गतेसम्म रामलीला महोत्सव आयोजना हुने भएको छ। भगवान् श्रीरामको जीवनकथामा आधारित महोत्सवमार्फत धार्मिक परम्पराको संरक्षणसँगै सामाजिक सद्भाव र एकताको सन्देश प्रवाह गरिने आयोजकले जनाएको छ।

निङ्गलाशैनी जगन्नाथ रामलीला समितिको आयोजनामा सञ्चालन हुने महोत्सवबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष निरञ्जनप्रसाद भट्टले यस वर्ष महेन्द्रनगरको खुलामञ्चमा रामलीला प्रदर्शन गर्न लागिएको जानकारी दिनुभयो।

यसअघि भीमदत्त नगरपालिका–१५ स्थित निङ्गलाशैनी मन्दिर परिसरमा आयोजना हुँदै आएको रामलीला महोत्सव यस वर्ष फरक स्थानमा सञ्चालन गर्न लागिएको हो। महोत्सवले आपसी सद्भाव, भाइचारा र सामाजिक एकता अभिवृद्धि गर्नुका साथै मुलुकमा कुनै अनिष्ट नहोस् भन्ने कामनासहित धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिने उद्देश्य राखेको अध्यक्ष भट्टले बताउनुभयो।

समितिले विगतका वर्षमा रामलीला आयोजना गरेर सङ्कलन भएको रकमबाट एम्बुलेन्स खरिद गरी सञ्चालन गर्दै आएको छ। धार्मिक कार्यक्रमलाई सामाजिक सेवासँग जोड्दै आएको समितिले यस वर्षको महोत्सवबाट सङ्कलित रकममध्ये केही हिस्सा बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ।

धार्मिक आस्था, सांस्कृतिक संरक्षण र सामाजिक सेवाको उद्देश्यसहित आयोजना हुन लागेको रामलीला महोत्सवले महेन्द्रनगरमा धार्मिक तथा सांस्कृतिक गतिविधि बढाउनुका साथै बाढीपीडितलाई सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

ताजा खबर

लागूऔषध दुरुपयोग रोकथाममा जोड, भीमदत्त–७ मा जनचेतनामूलक कार्यक्रम

कञ्चनपुर, ३१ असोज लागूऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि जनचेतना...

१० वर्षदेखि तलबभत्ता ज्येष्ठ नागरिक र असहायलाई बाँड्दै वडाध्यक्ष कुवँर

कञ्चनपुर, २४ असोज। जनप्रतिनिधि भएपछि राज्यबाट प्राप्त हुने तलबभत्ता व्यक्तिगत...

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

कञ्चनपुर, २४ असोज। महाकाली नदीमा नेपाल टेलिकमको अप्टिकल फाइबर तार...

उदयदेव सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न, उत्पादनमूलक कर्जामा जोड

कञ्चनपुर, २३ असोज  कञ्चनपुरको पुरानो सहकारी संस्थामध्ये एक उदयदेव बहुउद्देश्यीय...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?