राप्रपा कञ्चनपुरद्धारा आगामी निर्वाचनको लागि उम्मेदवारहरुको नाम सिफारीस

धन सिंह धामी
कञ्चनपुर ११ पौष
राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरले यहि आउदो फागुन २१ गतेको निर्वाचनको लागि उम्मेदवारहरुको नाम सिफारीस गरी पठाएको छ ।
शुक्रबार राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दले क्षेत्र नं. १,२,३ का क्षेत्रीय कार्यसमितिले सिफारिस गरे बमोजिम प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारहरुको नामावलि राप्रपा केन्द्रीय कार्यालय धुमबाराही पठाएको बताएका छन ।


कञ्चनपुर क्षेत्र नं.१ मा प्रत्यक्ष तर्फ दिल्ली बहादुर शाही,सुर्य बहादुर शाही र नर बहादुर सिंह रहेका छन भने समानुपातिक तर्फ बसन्ती शाही, बल बहादुर सुनार, सुकमान सुनार र बल बहादुर तामाङ रहेका छन ।
यस्तै क्षेत्र नं.२ बाट प्रत्यक्षमा ज्ञानेन्द्र शाही, अशोक सिंह(सम्राट) र तिर्थराज चटौत रहेका छन भने समानुपातिक तर्फ उषा थापा मगर,टिकेश्वरी भण्डारी,लक्ष्मी चन्द सिंह,कलाबती ऐर,माधबी चन्द र बिस्नु बहादुर सिंह रहेका छन ।
यसैगरी क्षेत्र नं.३ बाट प्रत्यक्ष तर्फ पूर्ण बहादुर चन्द रहेका छन भने समानुपातिक तर्फ धर्मराज जोशी, नन्दा खत्री, दशरथ जोशी, नन्दा जोशी र हेलन श्रेष्ठ रहेका छन ।

ताजा खबर

देउडा गायक लक्ष्मण अधिकारिको होईन भिनाजु गित सार्वजनिक

कंचनपुर ११ पौष लोकप्रिय देउडा गायक लक्ष्मण अधिकारीूदुबैको लाहुरेूको नयाँ...

राप्रपा बेदकोट नगरको अध्यक्षमा चन्द

धन सिह धामी, पुष १० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बेदकोट नगरको...

युवा व्यवसायी प्रदिप पाल वाणिज्य संघ कोषाध्यक्षको दौडमा

केशव थापा कञ्चनपुर, पुष १० आउँदो शनिबार १९पुषमा कञ्चनपुर उद्योग...

एमाले उपमहासचिव लेखराज भट्टका भाई गोर्कण रास्वपातिर, भन्छन सुप प्रदेशमा १नम्बर पाटी बनाउँछु 

  कञ्चनपुर, पुष  १० नेकपा एमालेका उपमहासचिव एव सुदूरपश्चिम प्रदेश इन्चार्ज...

स्वर्गीय आमाको वार्षिक पुण्यतिथिमा जेष्ठ नागरिकलाई भोजन

कञ्चनपुर  - ९, पौष कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ८...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?