जन्मदिनको अवसरमा उज्यालो नेपाल पाटीका नेता कुमालद्वारा बेसाहरा खाद्यान्न फलफुल वितरण

सञ्जु महर, पुष ३
उज्यालो नेपाल पाटी कञ्चनपुरका एक नेताले आफ्नो जन्मदिनको अवसरमा बेसाहरा नागरिकलाई खाद्यान्न एव फलफुल वितरण गरेर मनाएका छन । उज्यालो नेपाल पाटी केन्द्रीय सदस्य भीम बहादुर कुमालले आफ्नो जन्मदिनको अवसरमा बेसाहरा नागरिकलाई खाद्यान्न एव फलफुल वितरण गरेर मनाएका हुन ।
बिहिबार ५पुष ०८२ एक कार्यक्रमका विच दोधाराचाँदनी नगरपालिका २चाँदनीका स्थानीय समेत रहेका समाजसेवी राजनीतिक नेता कुमालले भीमदत्त नगरपालिका ५बनखेतको महिला तथा बृद्ध आश्रम सेवा केन्द्रमा बस्दै आएका बेसाहरा जेष्ठ नागरिकलाई खाद्यान्न एव फलफुल वितरण गरेका छन । उज्यालो नेपाल पाटीका केन्द्रीय सदस्य समेत रहेका समाजसेवी भीम बहादुर कुमालले आफ्नो खुसियालीमा समाजिक काम गरेको बताए । उनले बेसाहरा नागरिकलाई एक छाक भएपनि भोको पेट भर्नका लागि सक्दो सहयोग गरेको बताए । उनले आगामी दिनमा समेत आश्रम सहित बेसाहरा नागरिकलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन । झण्डै ५५ जना बस्दै आएका आश्रममा खाद्यान्न अभाव भएका बेला उज्यालो नेपाल पाटीका नेता कुमालले सहयोग गरेसंगै हर्षित भएका छन । महिला तथा जेष्ठ नागरिक आश्रमका सरक्षक कृष्ण प्रशाद गौतमले खाद्यान्न अभाव भएका बेला उज्यालो नेपाल पाटीका नेता कुमालबाट प्राप्त खाद्यान्नले केही छिन छाक टरिने बताए । आश्रममै केक काटेर जन्मदिन मनाएका कुमालकी धर्मपत्नी गिता कुमाल सहित उनका सहकर्मी, आश्रमका जेष्ठ नागरिक, संचारकर्मीहरुले समेत शुभकामना दिएका छन । महेन्द्रनगर स्थित गुरुकुल ईन्सिच्युट अफ टेक्निकल एजेकेशनका प्रबन्ध निर्देशन समेत रहेका समाजसेवी कुमालले हरेक जन्मदिनमा समाजिक काम गर्दै आएका छन ।

ताजा खबर

कृष्णपुर–२ वडा कार्यालयद्धारा विद्यार्थीलाई जर्सी

सन्जु महर कञ्चनपुर,०४ पौस । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडा...

भीमदत्त नगरमा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण

कञ्चनपुर, पुष ३ कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण...

निःशुल्क चिकित्सकीय प्रजनन स्वास्थ्य शिविर सञ्चालन

कञ्चनपुर २७, मंसिर स्वास्थ्य कार्यालय कञ्चनपुरले महाकाली अस्पतालको प्राविधिक...

ब्रम्हदेबदेखि बहुमतको जनसंघर्ष अभियान शुरु

कञ्चनपुर, मसिर २८ कञ्चनपुरकोे उत्तरी सामरिक महत्व राख्ने ब्रम्हदेबदेखि...

बेलडाँडीको विकासमा योगदान पु¥याएको भन्दै पत्रकार विमल धामीलाई सम्मान

कञ्चनपुर, मंसिर २८ कञ्चनपुरका युवा पत्रकार विमल धामीलाई सम्मान गरिएको...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?