
कञ्चनपुर, पुष ३
कञ्चनपुरको भीमदत्त नगरपालिकामा बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण गरिएको छ । भीमदत्त नगरपालिका रोजगार शाखाले बिहीबार बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण गरेको हो ।
रोजगार शाखा प्रमुख कृष्ण बहादुर चन्दले सुरक्षित आप्रवासन सामी कार्यक्तम अन्र्तरगत स्थानीय तहमा बैदेशिक रोजगारीबाट घर फर्किएका व्यक्तिहरुसंग बैदेशिक रोजगारी सम्बन्धी अभिमुखिकरण गरेको बताए । भीमदत्त नगरका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बमले बैदेशिक रोजगारी सकभर जाँदै नजाने गईहालेपनि सीप सिकेर जानुपर्ने बताए । सामी कार्यक्रम अधिकृत विष्णू अर्यालले बैदेशिक रोजगारी सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै सीप सिकेर मात्रै जानुपर्ने बताए । भीमदत्त नगरका कावा मेयर केशब बहादुर विष्टले बैदेशिक रोजगारी सुरक्षित भरपर्दो बनाउनका लागि पालिकाले समेत युवाहरुलाई तालिम दिने बताए । रोजगार शाखाका प्राविधिक सहायक९सवईन्जिनियर० कमलराम विकले संचालन गरेको कार्यक्रममा बैदेशिक रोजगारीबाट फर्किएका र तयारीमा रहेका युवाहरुको सहभागिता रहेको थियो । यसैविच महेन्द्रनगरमै बैदेशिक रोजगारी सम्बन्धी जनचेतनामुलक सडकनाटक समेत गरिएको छ ।




