कञ्चनपुरमा बेथिति नियन्त्रणकोे माग अघि सार्दै अखिल समाजवादीको प्रशासनलाई ज्ञापन 

धन सिह धामी, मंसिर १९

कञ्चनपुरमा भईरहेको बेथिति नियन्त्रणको माग अघि सार्दै नेकपा(माओवादी) निकट विद्यार्थी सगठन अखिल समाजवादीले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

शुक्रबार अखिल समाजवादीले सार्वजनिक सरकारी निकायमा बढिरहेको बेथिति नियन्त्रणको माग अघि सार्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा ज्ञापन पत्र बुझाएको छ ।

अखिल समाजवादीका केन्द्रीय महासचिव प्रकास जप्रेलले जेनजी आन्दोलनका योद्धाहरुमाथि अन्याय गर्न थालेसंगै आन्दोलनबाट झन सरकारी निकाय भ्रष्टीकरण, कमिसनमा लिप्त भएकाले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाएको बताए । अखिल समाजवादीका जिल्ला संयोजक ललित मिश्रद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा ८बुँदे माग अघि सारिएको छ । कञ्चनपुरमा भ्रष्टाचारी व्यक्ति, दलका नेता, कार्यकर्ता, वर्तमान सासंसदका मन्त्री, जनप्रतिनिधी, ठेकेदार, उच्च पदस्थ कर्मचारी र उनीहरुमा घर परिवार, आफन्तको अवैध सम्पत्ती छानबिन गरेर कार्बाही गर्नुपर्ने, जेनजीमाथि दमन गर्ने गृहमन्त्री, प्रधानमन्त्री, प्रशासन, प्रहरी प्रमुखलाई कार्बाही, जेनजी आन्दोलनको निष्पक्ष छानबिन, भारतबाट आयात हुने गैर कानुनी बस्तुको नियन्त्रण, लागु औषध नियन्त्रण, भन्सार तस्करी रोकवाटको माग अघि सारिएको छ । अखिल समाजवादीले उठान गरेका मागमा प्रशासनले ध्यानाकर्षण भएको जनाएको

छ ।

ताजा खबर

मझगाउँ विमानस्थलमाथि बाट हालेको विद्युतलाई सार्न माग गर्दै विद्युत् प्राधिकरणलाई संघर्ष समितिको ज्ञापन

कञ्चनपुर, २९ असार कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थलको धावनमार्ग (रनवे)...

कञ्चनपुरका तीन किसान भीमदत्त उत्कृष्ट किसान पुरस्कारबाट सम्मानित

कञ्चनपुर २६ असार कञ्चनपुरका तिन जना किसानलाई भीमदत्त उत्कृष्ठ किसान...

त्रिविसहित सात विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौँ, १९ असार   प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन...

अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ

कञ्चनपुर १८ असार कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई अदालतबाट भएको...

महाकाली करिडोरमा वैकल्पिक सडकको अभाव, फेरि आन्दोलन चर्काउने स्थानीय युवाको चेतावनी

कञ्चनपुर १२ असार कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत भीमदत्त...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?