सांसदले परिवारका सदस्यलाई पिए, भान्से, चालकमा नराख्ने नेता राजेन्द्र रावलले पहिल्यै अपनाएको बाटोमा एमाले

कञ्चनपुर, ०८ असोज ।
पार्टीका सांसदले परिवारका सदस्यलाई पिए, भान्से, चालक अथवा सचिवालयमा राख्ने एमाले नेता राजेन्द्र सिह रावलले पहिल्यै अभ्यास गरिसकेको नीति, कार्यक्रम अहिले एमालेले अपनाउन लागेको छ ।
राजनीति गर्न कार्यकर्ता, चुनाव जित्न जनता चाहिने तर, त्यही चुनाव जितेपछि नेताहरुले आफन्तलाई पिएदेखिका सचिवालयमा राख्ने संस्कार थियो । सो संस्कार चिर्दै एमाले पोलिट्ब्युरो सदस्य समेत रहका एमाले सुप प्रदेश संसदीय दलका नेता रावलले अपनाएकै मार्गमा एमाले सुप प्रदेश ढिलै भएपनि जान खोजेको छ । पुर्वमुख्यमन्त्री समेत रहेका रावलले आफ्नो सचिवालयमा घरमा मान्छे राखेका छैनन ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलमा मन्त्री र सांसदले सचिवालयमा परिवारका सदस्यलाई नराख्ने प्रस्ताव गरिएको छ ।मंगलबार बसेको संसदीय दलको बैठकमा पूर्व मुख्यमन्त्री समेत रहेका दल नेता राजेन्द्र सिंह रावलले मन्त्री र सांसदले सचिवालयमा परिवारका सदस्य नराख्ने प्रस्ताव गरेका हुन् ।
रावलले सचिवालयमा परिवार तथा नातेदारलाई नियुक्त गरेकाहरुले समेत नियुक्ति खारेज गर्नुपर्ने कुरा बैठकमा राखेका थिए । खासगरी अहिले प्रदेशका कतिपय मन्त्रीले स्वकीय सचिव, सवारी चालक र भान्सेमा परिवारकै सदस्य तथा नातेदार राखेका छन् ।उक्त कुरालाई लिएर आलोचना हुने गरेको छ । ‘दलका नेता कमरेडले बैठकमा मन्त्री र सांसदले निजी सचिवालयमा परिवारका सदस्य नराख्ने र राखेकाहरुले पनि तत्काल हटाउनुपर्ने प्रस्ताव गर्नुभएको छ,’ बैठकमा सहभागी एक सांसदले भने, ‘उहाँको प्रस्तावमा सबै जना सकारात्मक देखिनुभएको छ । परिवार र नजिकका नातेदारको ठाउँमा पार्टीकै कुुनै भूमिकामा भएको दक्ष व्यक्तिलाई जिम्मेवारी दिनु राम्रो कुरा हो ।’ सांसदहरु जिल्लामा पुगेर त्यहाँ भएको क्षतिको बारेमा अध्ययन गरेर प्रतिवेदन बनाउने निर्णय पनि गरिएको छ । बैठकले जेनजी आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी र लुटपाटको छानबिन गर्न संसदीय समिति बनाउने निर्णय गरेको छ भने सबै सांसदहरुलाई जिल्ला केन्द्रीत हुन निर्देशन दिएको छ ।

ताजा खबर

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

कञ्चनपुर १२ भाद्र कञ्चनपुर उद्योग वाणिज्य संघले व्यवसायीको हित तथा...

बजेट अभावको असर : महाकाली आयुर्वेदिक औषधालयमा औषधि अभाव, सेवाग्राही मर्कामा

कञ्चनपुर १२ भाद्र सुदूरपश्चिम प्रदेश सरकार बजेट अभावको अवस्थामा रहेका...

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

कञ्चनपुर - रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका...

अनाथालयका बालबालिकालाई राखी बाँधेर सोरा चन्दले मनाइन् रक्षाबन्धन

कञ्चनपुर १२ भाद्र रक्षाबन्धन दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र...

रसुवा बाढी पीडितका लागि प्रिन्सिपल मौनी द्वारा आर्थिक सहयोग

कञ्चनपुर ११ भाद्र विपदमा परेका नागरिकको पीडामा साथ दिँदै लिटिल...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?