सांसदले परिवारका सदस्यलाई पिए, भान्से, चालकमा नराख्ने नेता राजेन्द्र रावलले पहिल्यै अपनाएको बाटोमा एमाले

कञ्चनपुर, ०८ असोज ।
पार्टीका सांसदले परिवारका सदस्यलाई पिए, भान्से, चालक अथवा सचिवालयमा राख्ने एमाले नेता राजेन्द्र सिह रावलले पहिल्यै अभ्यास गरिसकेको नीति, कार्यक्रम अहिले एमालेले अपनाउन लागेको छ ।
राजनीति गर्न कार्यकर्ता, चुनाव जित्न जनता चाहिने तर, त्यही चुनाव जितेपछि नेताहरुले आफन्तलाई पिएदेखिका सचिवालयमा राख्ने संस्कार थियो । सो संस्कार चिर्दै एमाले पोलिट्ब्युरो सदस्य समेत रहका एमाले सुप प्रदेश संसदीय दलका नेता रावलले अपनाएकै मार्गमा एमाले सुप प्रदेश ढिलै भएपनि जान खोजेको छ । पुर्वमुख्यमन्त्री समेत रहेका रावलले आफ्नो सचिवालयमा घरमा मान्छे राखेका छैनन ।
नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलमा मन्त्री र सांसदले सचिवालयमा परिवारका सदस्यलाई नराख्ने प्रस्ताव गरिएको छ ।मंगलबार बसेको संसदीय दलको बैठकमा पूर्व मुख्यमन्त्री समेत रहेका दल नेता राजेन्द्र सिंह रावलले मन्त्री र सांसदले सचिवालयमा परिवारका सदस्य नराख्ने प्रस्ताव गरेका हुन् ।
रावलले सचिवालयमा परिवार तथा नातेदारलाई नियुक्त गरेकाहरुले समेत नियुक्ति खारेज गर्नुपर्ने कुरा बैठकमा राखेका थिए । खासगरी अहिले प्रदेशका कतिपय मन्त्रीले स्वकीय सचिव, सवारी चालक र भान्सेमा परिवारकै सदस्य तथा नातेदार राखेका छन् ।उक्त कुरालाई लिएर आलोचना हुने गरेको छ । ‘दलका नेता कमरेडले बैठकमा मन्त्री र सांसदले निजी सचिवालयमा परिवारका सदस्य नराख्ने र राखेकाहरुले पनि तत्काल हटाउनुपर्ने प्रस्ताव गर्नुभएको छ,’ बैठकमा सहभागी एक सांसदले भने, ‘उहाँको प्रस्तावमा सबै जना सकारात्मक देखिनुभएको छ । परिवार र नजिकका नातेदारको ठाउँमा पार्टीकै कुुनै भूमिकामा भएको दक्ष व्यक्तिलाई जिम्मेवारी दिनु राम्रो कुरा हो ।’ सांसदहरु जिल्लामा पुगेर त्यहाँ भएको क्षतिको बारेमा अध्ययन गरेर प्रतिवेदन बनाउने निर्णय पनि गरिएको छ । बैठकले जेनजी आन्दोलनको क्रममा भएको तोडफोड, आगजनी र लुटपाटको छानबिन गर्न संसदीय समिति बनाउने निर्णय गरेको छ भने सबै सांसदहरुलाई जिल्ला केन्द्रीत हुन निर्देशन दिएको छ ।

ताजा खबर

मंगलबार झलारीमा शुक्लाफाँटा कृषि व्यापार मेला

कल्पना साउद, कार्तिक २४ मंगलबारदेखि कञ्चनपुरको झलारीमा तेस्रो शुक्लाफाँटा कृषि,...

भवानी कालिका कन्स्ट्रक्सन प्रालिद्वारा पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीको उपचारका लागि आर्थिक सहयोग

आदित्य जोशी, कञ्चनपुर, कार्तिक २४ भवानीं कालिका कन्स्ट्रक्सन प्रालिले नेपाल...

सवारी दुर्घटना न्यूनिकरण गर्न भवानी कालिकाको प्रयास

धर्मराज कठायत कञ्चनपुर, कार्तिक २४ कञ्चनपुरका दिनदिनै हुने सवारी दुर्घटना...

ग्रामिण भेगका महिलाको अधिकारको मुद्दा उठानका लागि मियो बन्दै सामुदायिक सुरक्षा जालो

कल्पना साउद कञ्चनपुर, २३ कार्तिक कञ्चनपुरका ग्रामिण भेगका महिलाको...

लक्ष्मी मावि बागफाँटामा चार कोठे भवन

शुनिल राना कार्तिक २१ महेन्द्रनगर । शुनिल राना, कार्तिक २१...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?