नविन सोचका युवा व्यवसायी नविन निर्माण व्यवसायी संघ कञ्चनपुर सदस्यकोे दौडमा

धन सिह धामी, भदौँ १८ ।
आउँदो २१ भदौँ शनिबार हुने कञ्चनपुर निर्माण व्यवसायी संघको नयाँ नेतृत्व, पदाधिकारी एव सदस्य सहित १५ औँ कार्य समिति चयनका लागि हुने निर्वाचनमा युवा व्यवसायी पनि देखिएका छन । नेतृत्व सहित पदाधिकारी प्यानल अनुरुप चुनावी मैदानमा होमिए पनि सदस्य तर्फ भने खुला रुपमा दर्जनौँ युवाहरु चुनावी मैदानमा होमिएका छन । जसमध्ये झण्डै एक दशक देखि निर्माण व्यवसाय गर्दै आएका नविन चन्द हुन । बाशुलिङ्ग कन्स्क्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका संचालक समेत रहेका नविनले नविनतम सोचका साथ संघको सदस्यमा उम्मेदवारी घोषणा गरेर दौडधुप बढाएका छन । डेढ दशक अघि अध्ययनका लागि काठमाडौँ गएका चन्द ०७२ सालकोे महाभुकम्पका बेला राजधानी काठमाण्डौँ सहितका विभिन्न स्थानमा निर्माणको कामको महत्व देखेर निर्माण व्यवसाय रोजेका थिए । आफन्त संगै मजदुरी गरेका चन्द आफ्नै पौरखले निर्माण व्यवसायको यात्रामा रहेका उनले आम निर्माण व्यवसायी समान्य कमजोरीका कारण धरासायी बन्दै गएको चिन्ता गरेर पहिलो चरणमा सदस्यबाटै संघको यात्रा तय गर्न लागेको चन्दले बताए । स्थानीय देखि जिल्लाका विभिन्न स्थानमा लिने काममा उनले सफलतापुर्वक सन्तोषजनक गुणस्तरिय काम गर्दैै आएका छन । ‘पछिल्ला दिनहरुमा हामीहरु विच अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ, यसकोे लाभ अरुलाई नै भईरहेको छ, हामी बिलोमा ठेक्का लिन्छौँ, ‘उनले भने, ‘यस्तो बिलोमा लिने ठेक्काले न हामी, न सरकार न जनता र देशलाई नै फाईदा हुँदैन, यस्ता समस्याबाट मुक्तिका लागि मैले अहिले सदस्य बन्ने चाहना राखेको छु ।’ विकास निर्माणका योजना तर्फको अतिबिलोमा लिने ठेक्का प्रकृयाले सत्यनास गरिरहेको भन्दै अब आफुले सदस्यको जिम्मेबारीमा आएपछि त्यो अन्त्यका लागि पहल गर्ने प्रतिज्ञा गरेका छन । बेलौरी नगरका स्थानीय समेत रहेका चन्द निर्वाचन क्षेत्र १ बाट सदस्यका लागि एक्ला उम्मेदवार हुन । उनले सबै मतदाताहरुसंग आफुलाई सहयोगका लागि अपिल गरिरहेका छन । दक्षिणी क्षेत्रको समेत संघका प्रतिनिधित्व हुने भएकाले सहयोग गरेर संघलाई जिल्लाभरीकै दायित्व बहनका लागि समेत अनुरोध गरेका छन ।

ताजा खबर

व्यवसायी हितसँगै बजार सौन्दर्यीकरण र कोसेली घर सञ्चालन गर्ने वाणिज्य संघको योजना

कञ्चनपुर १२ भाद्र कञ्चनपुर उद्योग वाणिज्य संघले व्यवसायीको हित तथा...

बजेट अभावको असर : महाकाली आयुर्वेदिक औषधालयमा औषधि अभाव, सेवाग्राही मर्कामा

कञ्चनपुर १२ भाद्र सुदूरपश्चिम प्रदेश सरकार बजेट अभावको अवस्थामा रहेका...

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा पाँच लाख पच्चीस हजार सहयोग

कञ्चनपुर - रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका...

अनाथालयका बालबालिकालाई राखी बाँधेर सोरा चन्दले मनाइन् रक्षाबन्धन

कञ्चनपुर १२ भाद्र रक्षाबन्धन दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, आत्मीयता र...

रसुवा बाढी पीडितका लागि प्रिन्सिपल मौनी द्वारा आर्थिक सहयोग

कञ्चनपुर ११ भाद्र विपदमा परेका नागरिकको पीडामा साथ दिँदै लिटिल...

Website developed by:

spot_img

छुटाउनु भयो कि ?